आन्तरिक राजश्व विभागले भन्यो-‘असारको विद्युत् खपतमा भ्याट लाग्दैन्’, विद्युत् प्राधिकरणले असुलिसकेको रकम फिर्ता होला ?

Jul 27, 2026 02:32 PM Merolagani



आन्तरिक राजश्व विभागले असार १ गतेबाट नै बिजुलीको खपतमा मूल्य अभिवृद्धि कर(भ्याट) लाग्न नहुने निष्कर्ष निकालेको छ ।

यसअघि नेपाल विद्युत् प्राधिकरणले यस समन्वधी स्पष्टीकरण माग गरेकोमा विभागले यस्तो निर्णय गरेको हो । विभागका उच्च अधिकारीले भने, ‘विद्युत् खपतमा लाग्ने कर असारदेखि लागू हुँदैन् । साउन १ गतेदेखि नै लागू हुने रहेछ । यसबारेमा हामीले आज बेलुकासम्म पत्राचार गरेर स्पष्ट पार्दैछौं ।’ ती अधिकारीका अनुसार, प्राधिकरणले असार १ गतेबाट नै भ्याट लागू गर्नु गलत रहेको छ ।

सरकारले चालू आर्थिक वर्ष २०८३/०८३ को बजेट गत जेठ १५ मा सार्वजनिक गरेको थियो । जसमा बिजुलीको भ्याट खपतका आधारमा लागू गर्ने व्यवस्था थियो । त्यसअनुसार सरकारले ५० युनिटभन्दा बढी बिजुली खपत गर्ने ग्राहकले ५ प्रतिशत भ्याट लाग्ने व्यवस्था गरिएको थियो । बजेट कार्यान्वयन हुनुपूर्व नै असार १ गतेदेखि नेपाल विद्युत् प्राधिकरणले ग्राहकबाट भ्याटसहित महशुल असुलेपछि त्यसको सर्वत्र आलोचना समेत हुँदै आएको थियो ।

फिर्ता होला रकम ?

अहिले विद्युत् प्राधिकरणले असार १ गतेदेखि नै भ्याटसहित महशुल रकम आम ग्राहकबाट उठाइसकेको छ । असुल भइसकेको रकम के प्राधिकरणले फिर्ता गर्ला त ? भन्ने आम प्रश्न उब्जिएको छ । नियमसँगत र ऐनअनुसार नभइ प्राविधिक त्रुटीका कारण असार १ गतेबाट नै भ्याट रकम असुलेको सन्दर्भमा प्राधिकरणले रकम रिफन्ड गर्नुपर्ने हुन्छ ।

रकम फिर्ताका लागि प्राधिकरण नै ग्राहकको विवरण आधारमा नियमसँगत रुपमा पहल गर्नुपर्ने हुन्छ ।

 

 




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।