सांसदले स्वकीय सचिव राख्ने निर्णय सर्वोच्चद्वारा अस्वीकार, ‘कारण देखाउ’ आदेश जारी

Jul 27, 2026 05:07 PM Merolagani



सर्वोच्च अदालतले संघीय संसद्का पदाधिकारी तथा सांसदका स्वकीयहरूको पारिश्रमिक र सुविधा ब्यूँताउने सरकारको निर्णयविरुद्ध अन्तरिम आदेश दिन अस्वीकार गरेको छ ।

 

न्यायाधीश विनोद शर्माको एकल इजलासले आइतबार उक्त रिटमाथि सुनुवाइ गर्दै अन्तरिम आदेश जारी गर्न नपर्ने ठहर्‍याएको हो । यद्यपि, अदालतले सरकारका नाममा १५ दिने ‘कारण देखाउ’ आदेश भने जारी गरेको छ ।

अधिवक्ता डा. प्रेमराज सिलवालले सरकारले साउन ४ गते राजपत्रमा सूचना प्रकाशित गरी सांसदहरूको सुविधा बढाएको भन्दै त्यसलाई रोक्न माग गर्दै रिट दायर गरेका थिए  । सर्वोच्चले सरकारसँग ऐनको अनुसूची हेरफेर गर्ने कानुनी अधिकार रहेको र राजपत्रको सूचनामा तत्कालै ‘प्रत्यक्ष कानुनी त्रुटि’ नदेखिएको उल्लेख गरेको छ ।

यस आदेशसँगै हाललाई सांसद तथा पदाधिकारीहरूको संशोधित सुविधा कार्यान्वयन गर्ने बाटो खुला भएको छ । मुद्दाको अन्तिम टुङ्गो भने विपक्षीहरूबाट लिखित जवाफ प्राप्त भएपछि लाग्ने अदालतले जनाएको छ ।




प्रधानमन्त्रीले व्यवसायीका कुरा डायरीमा नोट गर्दैनन्, मन्त्रीहरू नराखी व्यवसायीहरुलाई भेट्नुकाे रहस्य खुल्याे

Jul 22, 2026 01:02 PM

सुवास निरौला

आजभोलि सिंहदरबारको मूल गेटबाट प्रधानमन्त्रीलाई भेटेर बाहिरिने विभिन्न क्षेत्रका व्यवसायी र प्रतिनिधिहरूको अनुहारमा एउटा भिन्नै किसिमको चमक देखिन्छ।