सुक्खा पहिरो खस्ने क्रम नराेकिएपछि मुग्लिन-नारायणगढखण्ड रातिका लागि बन्द

Jul 28, 2026 06:44 PM Merolagani



सुक्खा पहिरो खस्ने क्रम नराेकिएपछि मुग्लिन-नारायणगढ सडकखण्डमा राति गाडी चलाउन रोक लगाइएको छ ।

जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार मंगलबार राति ८ बजेदेखि बुधबार बिहान ५ बजेसम्मका लागि नारायणगढ-मुग्लिन सडकमा सबै प्रकृतिका सवारीसाधनहरू सञ्चालनमा रोक लगाइएको हो ।

मुग्लिन-नारायणगढ सडक खण्ड अन्तर्गत मुग्लिन बजार नजिकै नारायणगढ तर्फ सुक्खा पहिरो गई सडक अवरुद्ध भएको र सुक्खा पहिरो खस्ने क्रम निरन्तर रहेकोले रातिको समयमा सवारी गुड्न दिँदा हुन सक्ने मानवीय जोखिमलाई मध्यनजर राखेर राति सवारी आवगमन बन्द गर्ने निर्णय भएको प्रशासनले जारी गरेको सूचनामा उल्लेख छ ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।