पञ्चकन्या समूहको पाईप र एसएस टंङ्कीले पायो प्रतिष्ठित ग्रिन प्रो मानक

Aug 02, 2026 06:45 AM Merolagani



पञ्चकन्या समूहले उत्पादन गर्ने CPVC पाईप र एसएस टंङ्कीले वातावरण तथा दिगो विकासको क्षेत्रका काम गर्ने भारतको संस्था Confederation of Indian Industry - CII बाट प्रतिष्ठित ग्रिन प्रो मानक प्राप्त गरेको छ।

भारतको पुणे मा भएको विशेष कार्यक्रम 9th Edition of CII Green Pro Summit 2026 मा Confederation of Indian Industry - CII बाट पञ्चकन्या समूह अन्तर्गतको CPVC पाईप बनाउने पञ्चकन्या प्लाष्ट प्रा. ली. र Stainless Steel टङ्की बनाउने पञ्चकन्या एस.एस. प्रा.ली. ले सो मानक प्राप्त गरेका हुन्।

ग्रिन प्रो मानक कुनै पनि वस्तुको उत्पादन चक्र, वातावरणिय प्रभाव, दिगो विकास तथा नविकरणिय उर्जा प्रविधि, कार्वन उत्सर्जन न्यूनीकरण एवं औद्योगिक सुरक्षा लगायतका क्षेत्रका मापदण्डको मुल्याङ्कन पश्चात मात्रै प्रदान गर्ने गरिन्छ। पञ्चकन्या समूहले उत्पादन गर्ने CPVC पाईप र Stainless Steel टंङ्किले यी सबै मापदण्ड पुरा गरे पश्चात मात्रै Confederation of Indian Industry - CII बाट अन्तराष्ट्रिय स्तरको मानक प्राप्त गरेका हुन्। पञ्चकन्या समूहको अन्तर्गत कै पञ्चकन्या स्टिल प्रा.ली ले उत्पादन गर्ने फलामे छडले नेपाल कै पहिलो ग्रिन प्रो मानक एक बर्ष पहिले नै प्राप्त गरिसकेको छ।

पञ्चकन्या समूहले उद्योग स्थापनदेखि नै गुणस्तरिय उत्पादन संगै वातावरण संरक्षण र दिगो विकासलाई उच्च प्राथमिकतामा राख्दै नविनतम सोचसहित उत्पादन पक्रिया अगाडि बढाईरहेको छ। समूहले नविकरणिय उर्जाको क्षेत्रमा गरेको लगानीका लागि वैदेशिक दाता संस्थाबाट पटक पटक पुरस्किृत समेत भईसकेको छ।

आजभन्दा एक दशक अगाडि पञ्चकन्या समूहले नेपालमा पहिलो पटक Stainless Steel टङ्कीको उत्पादन सुरु गरेको थियो। हाल १२५ लि. देखि १०००० लिटर सम्मका Stainless Steel टंङ्कि उद्योगले काठमाडौँ र रुपन्देहि कोटिहवामा रहेका उद्योगबाट उत्पादन गरिरहेको छ ।

उद्योगले आफ्नो टंङ्की भारतका गोरखपुर, लखनउ, बस्ति, कोलकातामा आधिकारीक विक्रेता तोकेर विगत ८ बर्ष देखि भारतमा समेत निर्यात गरिरहेको छ । दक्षिण भारतको बैगलुरु लगायतका क्षेत्रबाट समेत टङ्किको माग भईरहन्छ तर ढुवानी लागतका कारण सो क्षेत्रसम्म टङ्कि पुु¥याउन नसकिएको जानकारी उद्योगका महाप्रबन्धक देवेन्द्र साहुले गराए।

साथै नेपालमा पहिलो पटक CPVC पाईपको उत्पादन सुरु गर्ने श्रेय समेत पञ्चकन्या समूहलाई नै जान्छ। उद्योगले २०६३ सालमा नेपाल मै पहिलो पटक जापानीज कच्चा पदार्थ प्रयोग गरि CPVC पाईपको उत्पादन सुरु गरेको थियो। हाल उद्योगले १५ एमएम देखि १०० एमएमका पाईप उत्पादन गरिरहेको छ। CPVC पाईपको नेपाल गुणस्तर चिन्ह प्राप्त गर्ने पहिलो उद्योग समेत पञ्चकन्या समूह नै रहेको छ।

पञ्चकन्या समूहले आफ्ना ग्राहक, व्यवसायिक साझेदार, वितरक तथा सम्पूर्ण सरोकारवालाप्रति विश्वास र निरन्तर सहयोगका लागि हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा पनि गुणस्तरीय, नवप्रवर्तनयुक्त तथा वातावरणमैत्री उत्पादन उपलब्ध गराउने प्रतिबद्धता दोहोराएको छ।




प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर रश्मी पन्त पक्राउ

Jul 29, 2026 05:40 PM

प्रभु बैंककी पूर्व चिफ बिजनेस अफिसर (सिबिओ) रश्मी पन्त पक्राउ परेकी छन् ।