सुन र चाँदीको मूल्य बढ्ने क्रम जारी

Aug 07, 2026 10:49 AM Merolagani



साउन २२ गते, शुक्रबार, नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ। यस दिन सुन प्रतितोला ९०० रुपैयाँ र चाँदी प्रतितोला १० रुपैयाँले बढेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ९६ हजार ९०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला दुई लाख ९६ हजार रुपैयाँमा कारोबार भएको थियो। सुन चाँदीको मूल्य पछिल्ला दिनमा निरन्तर बढ्दाे क्रममा रहेकाे छ।

त्यस्तै, आज चाँदी प्रतितोला चार हजार ५८० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा चाँदी प्रतितोला चार हजार ५७० रुपैयाँमा कारोबार भएको थियो।

 




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।