कपिलवस्तुका पूर्वमेयर किरण सिंह तीन दिनपछि मृत फेला

Aug 09, 2026 01:17 PM Merolagani



तीन दिनदेखि बेपत्ता रहेका कपिलवस्तु नगरपालिकाका पूर्वमेयर एवं नेपाली कांग्रेसका नेता किरण सिंह मृत फेला परेका छन् । 

६५ वर्षीय सिंहको शव आइतबार जिल्लाको गोरुसिंगेस्थित जंगलमा फेला परेको प्रहरीले जनाएको छ ।

जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका प्रमुख, प्रहरी उपरीक्षक (एसपी) मनोहर भट्टका अनुसार सिंहको शव पूर्व-पश्चिम राजमार्गबाट करिब आठ किलोमिटर भित्र जंगलको खोँचमा भेटिएको हो ।

सिंह गत शुक्रबार दिउँसो करिब २ बजे कपिलवस्तु नगरपालिका–३ स्थित आफ्नै घरबाट निस्किएका थिए । उनी घरबाट निस्किएपछि परिवारको सम्पर्कमा नआएपछि खोजी कार्य तीव्र पारिएको थियो । खोजीकै क्रममा उनीले प्रयोग गर्ने लु प्र ०१०१३ प ७९७० नम्बरको मोटरसाइकल जंगल क्षेत्रमा फेला परेको थियो । मोटरसाइकल भेटिएपछि प्रहरीले सोही क्षेत्रलाई केन्द्रित गरी सर्च अपरेसन चलाएको थियो ।

सिंहको खोजीका लागि नेपाल प्रहरीले भैरहवास्थित गौतमबुद्ध विमानस्थलबाट तालिमप्राप्त कुकुरसमेत मगाएर परिचालन गरेको थियो । लामो समयको प्रयासपछि आइतबार दिउँसो उनको शव फेला परेको हो ।

घटनाको प्रकृति र मृत्युको कारणबारे प्रहरीले अनुसन्धान सुरु गरिसकेको छ । सिंह कपिलवस्तुका प्रभावशाली नेता मानिन्छन । उनको निधनले जिल्लाको राजनीतिक वृत्त र स्थानीय स्तरमा शोक छाएको छ । शवलाई पोस्टमार्टमका लागि अस्पताल लैजाने तयारी भइरहेको प्रहरीले जनाएको छ ।




नबिल बैंकको नाफा करिब ८ अर्ब, लाभांश क्षमतामा पनि सुधार

Aug 05, 2026

नेपालको अग्रणी वाणिज्य बैंक नबिल बैंक लिमिटेड (NABIL) ले आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा, खुद ब्याज आम्दानी र लाभांश क्षमतामा अघिल्लो आर्थिक वर्षको तुलनामा राम्रो वृद्धि देखिएको छ।