एक वर्षमै नेपालले किन्याे भारतबाट १० अर्ब ५५ करोडको बिजुली

Aug 18, 2026 02:18 PM Merolagani



गत आर्थिक वर्ष २०८२/०८३ को अवधिमा नेपालले भारतबाट १० अर्ब ५५ करोड रुपैयाँ बराबरको विद्युत् आयात गरेको छ । 

मंगलबार प्रतिनिधि सभामा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराजभक्त श्रेष्ठले स्वदेशमा विद्युतकाे माग धान्न सुख्खायाममा भारतबाट उक्त बिजुली आयात भएको बताए ।

उनले नेपालका खोलानदीहरु नदी प्रवाहमा आधारित भएकाले बर्खायामा उत्पादन उच्च हुने र सुख्खायाममा विद्युत् उत्पादक कम भइ माग धान्न कम हुने बताए । सुख्खायामका बेला अपुग हुने बिजुली आयात गर्नुपरेको उनको भनाइ छ ।