प्रधानमन्त्री वालेन्द्र शाह र भारतीय सेनाध्यक्ष जनरल सेठबीच भेटवार्ता

Aug 18, 2026 04:13 PM Merolagani



प्रधानमन्त्री एवं रक्षामन्त्री वालेन्द्र शाहसँग भारतका स्थल सेनाध्यक्ष जनरल धीरज सेठले शिष्टाचार भेटवार्ता गरे। 

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा मंगलबार भएको उक्त भेटमा दुई देशबीचको आपसी सम्बन्ध र सुरक्षा चासोका विषयमा छलफल भयो।

सो भेटवार्तामा नेपालका लागि भारतका राजदूत नवीन श्रीवास्तव समेत सहभागी थिए।

प्रधान सेनापति अशोकराज सिग्देलको औपचारिक निमन्त्रणामा सेनाध्यक्ष सेठ चारदिने भ्रमणको सिलसिलामा आइतबार काठमाडौँ आएका थिए। भ्रमणका क्रममा सोमबार राष्ट्रपति रामचन्द्र पौडेलले सेनाध्यक्ष सेठलाई नेपाली सेनाको मानार्थ महारथीको दर्ज्यानी चिन्ह प्रदान गरे।

नेपाल र भारतबीच सन् १९५० देखि एक-अर्को देशका सेना प्रमुखलाई मानार्थ महारथीको सम्मान दिने ऐतिहासिक परम्परा रहँदै आएको छ।

यसअघि सोमबार नै प्रधान सेनापति सिग्देल र भारतीय सेनाध्यक्ष सेठबीच सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय भेटवार्ता भएको थियो। चारदिने औपचारिक भ्रमण पूरा गरी सेनाध्यक्ष सेठ बुधबार स्वदेश फर्कने कार्यक्रम छ।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।