रविले मन्त्री र सांसदलाई बाेलाएर भने 'संसदमा अमर्यादित वा रुखो व्यवहार' नदेखाउनु

Aug 19, 2026 12:33 PM Merolagani



सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना मन्त्री तथा सांसदहरूको कार्यशैली र संसदमा उनीहरूको प्रस्तुती आन्तरिक छलफल गरेको छ ।

बुधवार सिंहदरबारस्थित संसदीय दलको कार्यालयमा पार्टी सभापति रवि लामिछानेको उपस्थितिमा उक्त छलफल भएको हो । बैठकमा सभापति लामिछानेले संसदमा प्रस्तुत हुँदा सांसद र मन्त्रीहरूले अवलम्वन गर्ने व्यवहार र भाषाप्रति विशेष चासो व्यक्त गरेका छन् । पछिल्लो समय संसदमा प्रश्नोत्तरका क्रममा मन्त्रीहरूले सांसदहरूलाई चेतावनीपूर्ण शैलीमा जवाफ दिने गरेको र आफ्ना मागहरू सम्बोधन नहुँदा सांसदहरूले पनि अमर्यादित वा रुखो व्यवहार देखाउने गरेको भनी आलोचना भइरहेको सन्दर्भमा यो बैठक आयोजना गरिएको हो ।

छलफलका क्रममा जनताका मुद्दाहरूलाई संसदमा कसरी प्रभावकारी र मर्यादित ढङ्गले प्रस्तुती गर्ने भन्ने विषयमा पनि विचार–विमर्श जारी छ । संसदमा पार्टीका तर्फबाट हुने प्रस्तुतिलाई थप जिम्मेवार र संयमित बनाउनुपर्नेमा सभापति लामिछानेले जोड दिएको बताइएको छ। रास्वपाका सांसदहरूले संसदीय समिति र संसदमा असन्तुष्टि व्यक्त गर्दा शैलीगत सन्तुलन गुमाउने गरेको भनी बाहिर भइरहेको टिप्पणीलाई मध्यनजर गर्दै पार्टीले आन्तरिक सुधारको प्रयास थालेको हो ।




हिमालयन डिष्टिलरीको नाफा बढ्यो, प्रतिशेयर आम्दानी कति?

Aug 14, 2026 07:17 AM

हिमालयन डिष्टिलरी लिमिटेड (HDL) ले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार कम्पनीको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा बढेको छ।