आजका बैठकहरूमा विभिन्न विधेयकहरूमाथि दफावार छलफल, उजुरीउपरको कारबाही र सार्वजनिक सरोकारका विषयहरू कार्यसूचीमा रहेका छन्।
बिहान १० बजे बस्ने समितिहरू र एजेन्डा:
बिहान १० बजेका लागि ५ वटा समितिका बैठकहरू तय भएका छन्:
-
शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समिति: बैठकमा ‘राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, का सम्बन्धमा छलफल हुनेछ।
-
सार्वजनिक लेखा समिति: यो समितिले नेपाललाई प्राप्त हुने वैदेशिक सहायताको लेखापरीक्षणका सम्बन्धमा छलफल गर्ने कार्यसूची तय गरेको छ।
-
उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समिति: समितिमा प्राप्त उजुरीहरूका सम्बन्धमा छलफल हुने जनाइएको छ।
-
कृषि तथा प्राकृतिक स्रोत समिति: नेपालमा जैविक/प्राङ्गारिक मलको उत्पादन, भण्डारण र बिक्री वितरणको अवस्था सुधार गर्दै रासायनिक मलको प्रयोग क्रमशः घटाउने विषयमा उत्पादकहरूसँग छलफल गरिनेछ।
-
पूर्वाधार विकास समिति: अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिअन्तर्गतको ‘बागमती ब्युटिफिकेसन आयोजना’ का बारेमा छलफल गर्ने कार्यक्रम छ।
बिहान ११ बजे बस्ने समितिहरू र एजेन्डा:
-
अर्थ समिति: ‘नेपाल राष्ट्र बैंक ऐन, २०५८ लाई संशोधन गर्न बनेको विधेयक’ माथि दफावार छलफल जारी रहनेछ। बैठकमा अर्थमन्त्री र अर्थसचिवलाई समेत आमन्त्रण गरिएको छ।
-
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समिति: ‘पर्यटन विधेयक,’ का सम्बन्धमा होटल एसोसिएसन नेपाल (हान) लगायतका सरोकारवाला निकायहरूसँग परामर्श गरिनेछ।
-
राज्य व्यवस्था तथा सुशासन समिति: अख्तियार दुरुपयोग अनुसन्धान आयोगको काम कारबाही लगायतका विषयमा आयोगका पदाधिकारीसँग छलफल गर्ने कार्यसूची छ।
दिउँसो १ बजेको बैठक:
प्रतिनिधिसभाको अर्को बैठक भने भदौ ८ गतेका लागि तय भएको छ। संसद्को पूर्ण बैठक नभएको समयमा समितिहरूले विधेयक निर्माण र सरकारका कामको अनुगमनलाई तीव्रता दिएका छन्।