करिब ६ सय ६० किलोग्राम गाँजा सहित दुई जना पक्राउ

Aug 20, 2026 03:12 PM Merolagani



लालबन्दी नगरपालिका-१४, सर्लाही डाईनी खोला बस्ने ६३ वर्षीय नर बहादुर थिङ र ५२ वर्षीया जेसुन माया थिङलाई अवैध लागूऔषध गाँजा करिब ६ सय ६० किलोग्राम सहित बुधबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय बर्दिबास समेतबाट खटिएको प्रहरीले नर बहादुरको घर तलासी गर्दा २६ वटा बोरामा रहेको करिब ५ सय ६० किलोग्राम र जेसुन मायाको गोठ तलासी गर्दा ४ वटा ड्रममा रहेको १ सय किलोग्राम गाँजा फेला पारी उनीहरूलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।