८० लाख धरौटीमा छुटे नेपाल इन्भेष्टमेन्ट मेगा बैंकका सिइओ ज्योति प्रकाश पाण्डे

Aug 21, 2026 06:18 AM Merolagani



नेपाल इन्भेष्टमेन्ट मेगा बैंक (NIMB) का प्रमुख कार्यकारी अधिकृत (सिइओ) ज्योति प्रकाश पाण्डे ८० लाख रुपैयाँ धरौटीमा रिहा भएका छन्। 

जिल्ला अदालत काठमाडौंले सीईओ पाण्डेसँग ८० लाख धरौटीबापत बैंक ग्यारेन्टी राखेर रिहा भएका हुन् ।

स्मार्ट टेलिकम प्रकरणमा उनीविरुद्ध भएको थुनछेक बहसपछि  पाण्डेलाई ८० लाख रुपैयाँ धरौटीमा रिहा गर्ने आदेश दिएको हो।

स्मार्ट टेलिकमसँग सम्बन्धित अनुसन्धानका क्रममा पाण्डेसहितका व्यक्तिहरूमाथि अनुसन्धान अघि बढाइएको थियो। सोही प्रकरणमा पाण्डेलाई पक्राउ गरी अदालतमा उपस्थित गराइएको थियो।

अदालतमा भएको थुनछेक बहसका क्रममा सरकारी पक्षले अनुसन्धानका क्रममा संकलित प्रमाण तथा पाण्डेको संलग्नताबारे आफ्नो धारणा प्रस्तुत गरेको थियो। पाण्डेको तर्फबाट भने आफूविरुद्ध लगाइएको आरोप तथा अनुसन्धानका विषयमा प्रतिवाद गरिएको थियो।

बहसपछि अदालतले तत्काल थुनामा राख्न आवश्यक नदेखिएको निष्कर्षसहित ८० लाख रुपैयाँ धरौटी माग गरी रिहा गर्ने आदेश दिएको हो।




भदौ २२ गते यी तीन जिल्लामा हुने भयाे सार्वजनिक बिदा

Sep 03, 2026 02:16 PM

बागमती प्रदेश सरकारले चेपाङ समुदायको प्रमुख पर्व न्वागी (छोनाम) को अवसरमा भदौ २२ गते सोमबार तीन जिल्लामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ।