अघिल्लो कारोबार दिन अर्थात बिहीबार ७.१७ अंक बढेर २६२९.४० विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.३८ अंक घटेर २६२६.०१ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.५१ अंक घटेको छ।
शुक्रबार प्रि ओपन सेसनमा ६१ स्टकको १८९ पटकको कारोबारमा ३८ लाख ५३ हजार ४६९ रुपैयाँ ५० पैसाबराबरको ७ हजार ३७७ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १५ स्टकको मूल्य बढेको छ भने ३३ स्टकको मूल्य घटेको छ। बाँकी १३ स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।