चालकको खाता ‘अटोमेटिक’ बन्द गर्दा उबरलाई झण्डै डेढ खर्ब रुपैयाँ जरिवाना

Aug 23, 2026 01:47 PM Merolagani



विश्वकै ठूलो राइड सेयरिङ कम्पनी उबरलाई नेदरल्यान्ड्सको नियामक निकायले करिब १ खर्ब ४६ अर्ब रुपैयाँ (८२ करोड ५० लाख युरो) जरिवाना गरेको छ। 

पर्याप्त जानकारी नदिई र मानव समीक्षाबिनै स्वचालित कम्प्युटर प्रणाली (एल्गोरिदम) मार्फत चालकहरूको खाता बन्द गरेको भन्दै नेदरल्यान्ड्स डेटा संरक्षण प्राधिकरणले यो कारबाही गरेको हो।

सन् २०२० देखि २०२२ सम्म उबरले ठगीको आशंका वा कम रेटिङका आधारमा धेरै चालकहरूको खाता स्वचालित रूपमा बन्द गरेको थियो।

युरोपेली डेटा संरक्षण कानुनअनुसार मानिसको वृत्ति विकास र जीवनमा ठूलो प्रभाव पार्ने निर्णयहरू केवल कम्प्युटर एल्गोरिदमबाट मात्र गर्न पाइँदैन। त्यस्ता निर्णयमा मानव संलग्नता र चालकलाई पुनरावेदन (अपील) गर्ने स्पष्ट अधिकार हुनुपर्छ।

यो जरिवाना जीडीपीआरको इतिहासकै दोस्रो ठूलो हो। यसअघि सन् २०२३ मा फेसबुकको मातृ कम्पनी ‘मेटा’लाई १ अर्ब २० करोड युरो जरिवाना गरिएको थियो।

उबरले नियामक निकायको यो निर्णयलाई ‘अनुपातहीन’ (अत्यधिक) भन्दै यसविरुद्ध अदालतमा पुनरावेदन (अपील) गर्ने जनाएको छ। उबरले मानिसको समीक्षाबिना कुनै पनि चालकलाई स्थायी प्रतिबन्ध नलगाएको दाबी समेत गरेको छ।




असाध्यै चुनौतीपूर्ण चरण अब आउँदैछः अर्थमन्त्री डा. वाग्ले

Aug 20, 2026 02:28 PM

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।