Sun, Aug 23, 2026
राष्ट्रिय स्वतन्त्र पार्टीका उपसभापति समेत रहेका अर्थमन्त्री डा. स्वर्णिम वाग्ले भारत जाने भएका छन् । उनकाे भ्रमणकाे मितिका बारेमा औपचारिक जानकारी नगराइए पनि यही महिना हुने भएकाे हाे ।
भारत भ्रमणमा उनको उच्च भेटवार्ता हुने बताइएको छ ।
अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले नेपालमा वैदेशिक सहायता पछिल्लो समय घट्दै गएको बताएका छन् । सार्वजानिक लेखा समितिको बिहीवार बसेको बैठकमा उनले पछिल्लो समय अनुदान तथा सहुलियतपूर्ण ऋणको स्रोत साँघुरिँदै गएको बताएका हुन् ।