संस्थाले आफ्ना अन्तर्राष्ट्रिय र क्षेत्रीय सदस्यहरूलाई आगामी आइतबारभित्र सहयोग रकम योगदान गर्न आग्रह गरेको छ। फिनीका महासचिव दुर्गा पी अमगाईका अनुसार चार लाख नेपाली रुपैयाँ सहयाेग गर्ने प्रतिबद्धता बमोजिम यो अभियान चलाइएको हो।
संकलित रकम प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गरिने संस्थाले जनाएको छ। फिनीले यस अभियानमा पूर्ण पारदर्शिता अपनाइने र प्राप्त योगदानहरूको पूर्ण विवरण सार्वजनिक गरिने समेत जानकारी दिएको छ।