केरुङमा थुनिएको ताल रित्तियो

Aug 30, 2026 01:48 PM Merolagani




तिब्बतको केरुङ काउन्टीमा पहिरोपछि थुनिएर बनेको ताल प्राकृतिक रूपमै निकास भई पूर्ण रूपमा खाली भएको छ । चिनियाँ जलस्रोत मन्त्रालयका अनुसार नेपालको छोचेन खोला र चीनको पुरेपु साङ्पो नदीको दोभान नजिकै बनेको उक्त ताल अहिले सामान्य अवस्थामा फर्किएको छ ।

हिजाे बिहानसम्म सो तालमा करिब २० लाख घनमिटर पानी रहेको अनुमान गरिएको थियो । चिनियाँ केन्द्रीय टेलिभिजनका अनुसार जलविज्ञान टोलीको अनुगमनले तालको पानी प्राकृतिक रूपमै निकास भई अहिले लगभग रित्तिसकेको देखाएको छ ।

यसैबीच, गत बुधबार चीन-नेपाल सीमा क्षेत्रको केरुङ नाकामा गएको पहिरोमा परी ठूलो मानवीय क्षति भएको छ । सिजाङको आपतकालीन व्यवस्थापन विभागका अनुसार शनिबार साँझसम्म १६ जनाको मृत्यु भएको पुष्टि भएको छ भने ५४६ जना अझै बेपत्ता छन् । बेपत्ता भएकामध्ये २६१ जना विदेशी नागरिक रहेको चिनियाँ सञ्चारमाध्यमहरूले जनाएका छन् । अहिले सो क्षेत्रमा उद्धार र खोजी कार्य जारी रहेको छ ।




यस्ता छन् दशैंअघि नै लाभांश वितरण गर्ने तयारीमा रहेका कम्पनी? कसकाे कति?

Aug 25, 2026 05:47 PM

नेपाली पुँजी बजारमा सूचीकृत कम्पनीहरूले गत आर्थिक वर्षको कमाईबाट शेयरधनीहरूलाई प्रतिफल वितरण गर्न थालेका छन् । केही कम्पनीले लाभांश घाेषणा गरिसकेका छन् भने केहीले गर्ने तयारीमा छन् । लगानीकर्ताहरु पनि आफ्नो लगानी भएको कम्पनीको प्रतिफलको पखाईमा छन् ।