आज बिहानैदेखि आयोजनास्थलमा नेपाली सेनासहितको विशेष प्राविधिक टोली परिचालन गरिएको थियो । आयोजनाका प्रमुख, परामर्शदाता कम्पनीका प्रतिनिधि तथा साइट इन्जिनियरहरूको प्रत्यक्ष सहभागितामा उद्धार कार्यलाई तीव्रता दिइएको हो।
घटनास्थल पुगेको नेपाली सेना र प्राविधिकहरूको टोलीले आयोजनास्थलको वर्तमान भौगोलिक र प्राविधिक अवस्थाको सुक्ष्म निरीक्षण गरेको छ। सुरुङभित्रको अवस्था जोखिमपूर्ण हुनसक्ने आकलन गर्दै सुरक्षाका सम्पूर्ण उपायहरू अपनाएर मात्र भित्र पस्ने तयारी भएको हो।