ट्रेण्डलाइन ब्रेकआउटको संघारमा
साताको अन्तिम कारोबार दिन कम्पनीको शेयरमूल्य ट्रेण्डलाइन प्रतिरोध ब्रेकआउट गर्ने प्रयास गरेको छ। बैंकको हालको मूल्य सबै प्रमुख मुभिङ्ग एभरेजभन्दा माथि पुगेको छ। मुभिङ्ग एभरेजहरु एउटा पछि अर्का गर्दै क्रमबद्ध रुपमा उकालो लाग्नुले शेयरमा अल्पकालीन तथा मध्यकालीन बुलिश कायमै रहेको संकेत गर्दछ।
बलियो सपोर्ट बेस
बैंकको शेयरमूल्यले ३९० देखि ४०५ को क्षेत्र र तल्लो हरियो ट्रृण्डलाइनलाई बलियो बेस बनाएको छ। सोही विन्दुमा १०० दिने मुभिङ्ग एभरेज रहेकोले सो क्षेत्रमा दीर्घकालीन लगानीकर्ताहरुका लागि बलियो सपोर्टका रुपमा स्थापित भएको छ।

एआई सिग्नल
मेरोलगानी एआई चार्टले बैंकको शेयरमा हालसम्म १२ वटा सिग्नल दिइसकेको छ। जसमध्ये ८ वटा सिग्नलमा लगानीकर्ताहरुले नाफा कमाएका थिए भने ४ वटामा स्टप लस गर्नु परेको थियो। हाल एआईले बैंकको शेयरमा कुनै सिग्नल देखाएको छैन।

‘स्मार्ट मनी’ को प्रवेश
साताको अन्तिम कारोबार दिन बैंकको शेयरमूल्यले ट्रेण्डलाइन रेसिस्टेन्स ब्रेकआउट गर्ने तयारी गर्दा भोल्यूम पनि उच्च देखिएको छ। यसरी उच्च भोल्यूमसहित मूल्य बढ्नुले बजारमा ‘स्मार्ट मनी’ वा ठूला लगानीकर्ताहरुको प्रवेश भएको संकेत गर्दछ।

बलियो शेयर खरिद मोमेन्टम
गत साताको अन्तिम कारोबार दिन बैंकको एमएसिडी रेखा, सिग्नल रेखाभन्दा माथि रहेको छ। साथै यी दुबै रेखा र बैंकको हिस्टोग्राम पनि सकारात्मक क्षेत्रमा रहेको छ। यसले बैंकको शेयरमा खरिदको मोमेन्टम बलियो रहेको संकेत गर्दछ।

खरिदकर्ताको पूर्ण नियन्त्रण
साताको अन्तिम कारोबार दिन बैंकको स्टकास्टिक आरएसआई ओभरबट जोन नजिक पुगेको छ। यसले बैंकको शेयरमा खरिदकर्ताहरुको पूर्ण नियन्त्रण रहेको संकेत गर्दछ।

वित्तीय अवस्था
अघिल्लो आर्थिक वर्षको असार मसान्तसम्ममामा बैंकको खुद नाफा १ अर्ब २४ करोड ७६ लाख रुपैयाँ रहेकोमा गत आर्थिक वर्षको सोही अवधिसम्ममा ३५.३४ प्रतिशतले बढेर १ अर्ब ६८ करोड ८६ लाख रुपैयाँ पुगेको छ। बैंकले गत असार मसान्तसम्म ३ अर्ब ८१ करोड ५६ लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेको छ, जुन अघिल्लो आर्थिक वर्षको सोही अवधिको ३ अर्ब ६१ करोड २० लाख रुपैयाँको तुलनामा ५.६४ प्रतिशत बढी हो। समीक्षा अवधिमा बैंकको सञ्चालन नाफा ४२.६५ प्रतिशत बढेर २ अर्ब ५८ करोड १ लाख रुपैयाँ पुगेको छ।
असुलीमा आएको सुधार तथा जोखिम व्यवस्थापनका कारण गत आर्थिक वर्ष बैंकले ४ करोड ९० लाख रुपैयाँबराबरको इम्पेरमेन्ट चार्ज छुट्याएको छ जुन अघिल्लो आर्थिक वर्ष ६४ करोड ७० लाख रुपैयाँ थियो।
बैंकले साधारण शेयरधनीहरूका लागि लाभांश वितरण गर्न सक्ने सबल क्षमता बनाएको छ। नियमनकारी समायोजनहरूपश्चात् गत आर्थिक वर्षमा बैंकको खुद वितरणयोग्य नाफा १ अर्ब २१ करोड ६९ लाख रुपैयाँ रहेको छ। अघिल्लो वर्षको सञ्चित नाफाबाट बोनस शेयर तथा नगद लाभांश समायोजन गरेपछि असार मसान्तसम्म बैंकको कुल वितरणयोग्य नाफा १ अर्ब २१ करोड ७९ लाख रुपैयाँ कायम भएको छ।
बैंकको चुक्ता पूँजी अघिल्लो आर्थिक वर्षको ५ अर्ब ६८ करोड ५ लाख रुपैयाँबाट बढेर ६ अर्ब २ करोड १४ लाख रुपैयाँ पुगेको छ। सञ्चित नाफा र अन्य जगेडा कोष गरी बैंकको कुल इक्विटी १० अर्ब ६७ करोड ३२ लाख रुपैयाँ पुगेको छ।
बैंकले ग्राहकहरूबाट ९८ अर्ब ४७ करोड २० लाख रुपैयाँ निक्षेप सङ्कलन गरेको छ भने ग्राहकहरूलाई प्रवाह गरिएको कुल कर्जा ७८ अर्ब २४ करोड ११ लाख रुपैयाँ पुगेको छ। बैंकको कुल सम्पत्तिको आकार अघिल्लो वर्षको १ खर्ब ४ अर्ब ४६ करोड रुपैयाँबाट ८.२१ प्रतिशत बढेर १ अर्ब १३ अर्ब ४ करोड रुपैयाँ पुगेको छ।

गत आर्थिक वर्षको असार मसान्तसम्ममा बैंकको प्रतिशेयर आम्दानी २८ रुपैयाँ ४ पैसा रहेको छ भने वितरणयोग्य प्रतिशेयर आम्दानी २० रुपैयाँ २३ पैसा रहेको छ। त्यसैगरी, सो अवधिसम्ममा बैंकको प्रतिशेयर नेटवर्थ १७७ रुपैयाँ २६ पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको मूल्य आम्दानी अनुपात १५.५६ गुणा रहेको छ भने प्राइस टु बुकभ्यालु रेशियो २.४६ गुणा रहेको छ।

आधारभूत विश्लेषण
नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा हाल बैंकको ६ करोड २ लाख १३ हजार ४८३.६७ कित्ता शेयर सूचीकृत छ। बैंकको १८० दिने औषत मूल्य ४१५ रुपैयाँ २९ पैसा रहेको छ। त्यसैगरी, बैंकको ५२ हप्ताको उच्च मूल्य ४४५ रुपैयाँ ९० पैसा रहेको छ भने न्यून मूल्य ३६७ रुपैयाँ ४० पैसा रहेको छ। साताको अन्तिम कारोबार मूल्यका आधारमा बैंकको कुल बजार पूँजीकरण २६ अर्ब २७ करोड ११ लाख ४२ हजार ९२५ रुपैयाँ २२ पैसा रहेको छ।
आर्थिक वर्ष २०८२/८३ को लाभांश सार्वजनिक गर्ने क्रममा गरिमा विकास बैंक अहिलेसम्म सबैभन्दा धेरै प्रतिफल घोषणा गर्ने संस्था बनेको छ।
बैंकले अघिल्लो वर्षको १०.५३ प्रतिशतको तुलनामा यस वर्ष उल्लेख्य वृद्धि गर्दै १० प्रतिशत बोनस शेयर र १० प्रतिशत नगद गरी कुल २० प्रतिशत लाभांश घोषणा गरेकाे छ।

ब्रोकर ७४ बाट सर्वाधिक खरिद
यस साता ब्रोकर नम्बर ७४ ले बैंकको सबैभन्दा बढी शेयर खरिद गरेको छ। सो ब्रोकरले यस साता बैंकको ४६ हजार १११ कित्ता शेयर खरिद गरेको छ। त्यसैगरी, यस साता ब्रोकर नम्बर ४४ ले बैंकको ४५ हजार ९२५ कित्ता शेयर खरिद गरेको छ। बैंकको शेयर सर्वाधिक बिक्री गर्ने ब्रोकर भने ६६ नम्बर रहेको छ। सो ब्रोकरले यस साता बैंकको ८२ हजार ४०२ कित्ता शेयर बिक्री गरेको छ।

न्यूट्रल जोनमा
फियर एण्ड ग्रीड मिटरमा बैंकको शेयर अहिले न्यूट्रल जोनमा रहेको छ।

(यस समाचारको प्राविधिक विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानी एआई चार्टबाट लिइएको हो भने आधारभूत विश्लेषणमा प्रयोग भएका चित्रहरु मेरोलगानीको डाटा एनालाइटिक्सबाट लिइएको हो।)
(उपलब्ध तथ्यांकका आधारमा तयार पारिएको यो विश्लेषण आफैमा पूर्ण होइन। लगानीकर्ताले लगानीको निर्णय गर्नु अघि आफैले थप अध्ययन तथा विश्लेषण गर्नु आवश्यक छ।)