चिलिमे जलविद्युत् आयोजनाको उद्धारमा सघाउन सेनाले बोलायो कुलमान घिसिङलाई

Sep 09, 2026 02:25 PM Merolagani



नेपाली सेनाले रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र जारी उद्धार कार्यमा सघाउन पूर्वऊर्जामन्त्री कुलमान घिसिङलाई बोलाएको छ। उज्यालो नेपाल पार्टीका प्रवक्ता राजेन्द्र अवस्थीका अनुसार उद्धार कार्यमा सघाउन सेनाले घिसिङलाई बोलाएको हो।

'रसुवास्थित चिलिमे जलविद्युत् आयोजनाको सुरुङ्भित्र जारी उद्धारमा सघाउन नेपाली सेनाले पूर्वउर्जामन्त्री कुलमान घिसिङ ज्यूलाई बोलाएको छ। विदेशी बिज्ञसहितको टोलीलाई पावरहाउस भित्र पुग्न आवश्यक प्राविधिक समन्वय र सुझाव दिन सेनाको आग्रहपछि चिलिमे जलविद्युत् आयोजनाको सवारीसाधनमा त्यसतर्फ लाग्नु भएको जानकारी गराउँदछु,' उनले भने ।




नबिल बैंकद्वारा १५.८० प्रतिशत लाभांश प्रस्ताव, बोनस र नगद कति?

Sep 06, 2026 10:06 PM

नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।