कालिञ्चोक दर्शनले बोनस शेयर वितरणपश्चात हकप्रद जारी गर्ने, बोलायो साधारण सभा

Sep 10, 2026 09:21 AM Merolagani



कालिञ्चोक दर्शन लिमिटेड (KDL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई विरतण गर्ने घोषणा गरेको लाभांश प्रस्ताव पारित गर्न साधारण सभा बोलाएको छ।

कम्पनीले असोज १६ गते, शुक्रबार, जर्मन होम्स होटल, मध्यपुर ठिमी, गठाघर, भक्तपुरमा १२ औँ वार्षिक साधारण सभा बोलाएको हो। सो सभा दिउँसो साढे ११ बजे शुरु हुनेछ।

सभाले हाल कायम चुक्ता पूँजीको ८.५ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.४४७४ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ। यसका साथै सभाले बोनस शेयर वितरणपश्चात कायम चुक्ता पूँजीमा पूर्वनिर्धारित शतप्रतिशतको अनुपातमा ६८ लाख ३५ हजार ५०० कित्ता हकप्रद शेयर निष्काशन तथा समायोजन गर्ने, प्रबन्धपत्र तथा नियमावली संशोधनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने, सञ्चालक समितिले गरेका निर्णयहरु अनुमोदन गर्ने, सञ्चालक नियुक्ति अनुमोदन गर्ने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि पारित गर्नेछ।

साधारण सभा तथा लाभांश वितरण प्रयोजनार्थ कम्पनीले असोज ९ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ८ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले कम्पनीको साधारण सभामा सहभागिता जनाउन तथा कम्पनीले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।




माउन्टेन इनर्जीको लाभांश घोषणा, साधारण सभा कहिले?

Oct 13, 2026 10:19 AM

माउन्टेन इनर्जी नेपाल लिमिटेड (MEN) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।