सिंगल माल्टपछि व्हिस्की पारखीको ध्यान रेयर माल्टतर्फ

Sep 20, 2026 12:28 PM Merolagani



सिंगल माल्टको लोकप्रियतापछि अहिले व्हिस्की पारखीहरूको ध्यान रेयर माल्टतर्फ मोडिन थालेको छ। विशिष्ट उत्पत्ति, फरक चरित्र र दुर्लभताका कारण रेयर माल्ट नयाँ पुस्ताका पेयप्रेमीमाझ आकर्षणको विषय बन्दै गएको छ।

स्कच व्हिस्कीका पाँचवटा कानुनी रूपमा परिभाषित श्रेणी छन्। जसमा सिंगल माल्ट, सिंगल ग्रेन, ब्लेन्डेड माल्ट, ब्लेन्डेड ग्रेन र ब्लेन्डेड स्कच पर्छन्। तर रेयर माल्ट भने स्कचको छुट्टै कानुनी श्रेणी होइन।

रेयर माल्टको पहिचान कानुनी वर्गीकरणभन्दा पनि विशेष छनोटमा आधारित हुन्छ। सामान्य र नियमित कास्कको सट्टा असाधारण कास्कबाट प्राप्त व्हिस्कीलाई यसको उत्पत्ति, चरित्र र दुर्लभतालाई प्राथमिकता दिँदै छनोट गरिन्छ।

मानकीकृत ब्रान्डको विस्तार हुनुअघि परम्परागत व्हिस्कीमा प्रत्येक ब्याचको आफ्नै चरित्र हुने गरेको थियो। तर समयसँगै ब्लेन्डेड स्कचमा एउटै स्वाद र शैली कायम राख्ने गरी उत्पादन हुन थालेपछि व्हिस्कीको विशिष्टता केही हदसम्म हराउँदै गएको फाइलमा उल्लेख छ।

उपभोक्ताले व्हिस्कीको स्वाद र चरित्रलाई थप गहिराइमा बुझ्न थालेपछि विशिष्ट स्वादको खोजी पनि बढेको छ। सिंगल माल्टको लोकप्रियता यही परिवर्तनको एउटा उदाहरण भएको र अहिले त्यही रुचि रेयर माल्टतर्फ बढिरहेको उल्लेख गरिएको छ।

रेयर माल्टको यात्रा सन् १९९० को मध्यतिरसम्म पुग्छ। त्यसबेला स्कटल्यान्डमा विशेष प्रकृतिका व्हिस्की स्टकहरू छनोट गरी बोतलमा प्रस्तुत गर्ने सिरिज सुरु भएको थियो। तीमध्ये केही व्हिस्की वर्षौँअघि नै उत्पादन बन्द गरिसकेका डिस्टिलरीबाट आएका थिए।

यस्ता दुर्लभ व्हिस्कीलाई सामान्य ब्लेन्डमा मिसाएर त्यसको पहिचान हराउनुको सट्टा, तिनको वास्तविक उत्पत्ति स्पष्ट रूपमा देखिने गरी बोतलमा प्रस्तुत गरिएको थियो।




कुमारी बैंकको लाभांश घोषणा

Sep 16, 2026 10:14 AM

कुमारी बैंक लिमिटेड (KBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।