बैंकले असोज २८ गते, बुधबार होटल पोखरा ग्राण्ड, पार्दी, पोखरामा वार्षिक साधारण सभा बोलाएको हो। बैंकको २८ औँ वार्षिक साधारण सभा बिहान ११ बजे शुरु हुनेछ।
सभाले हाल कायम चुक्ता पूँजीको ३ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थसहित ३ प्रतिशत नगद लाभांश वितरण गर्ने विशेष प्रस्ताव पारित गर्नेछ।
त्यसैगरी, सभाले अग्राधिकार शयरधनीहरुलाई अविमोच्य असञ्चिति अग्राधिकार शेयरको ८.२५ प्रतिशतका दरले असार मसान्तसम्मको समानुपातिक रुपमा हुने नगद लाभांश (कर सहित) वितरण गर्ने, बैंकको प्रबन्धपत्र तथा नियमावली संशोधन गर्न सञ्चालक समितिलाई अख्तियारी दिने, संस्थापक समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने ३ जना सञ्चालकहरु र सर्वसाधारण समूहका शेयरधनीहरुको तर्फबाट सञ्चालक समितिमा प्रतिनिधित्व गर्ने १ जना सञ्चालकको निर्वाचन गर्ने, स्वतन्त्र सञ्चालक पदमा ४ वर्षका लागि अर्जुन कुमार गौतमलाई नियुक्ती गरिएको जानकारी दिने, लेखापरीक्षक नियुक्त गर्ने लगायतका प्रस्तावहरु पनि सो सभाले पारित गर्नेछ।
साधारण सभा प्रयोजनार्थ बैंकले असोज १२ गते एक दिनका लागि बुकक्लोज गर्ने भएको छ। यस अनुसार असोज ९ गतेसम्म नेप्सेमा कारोबार भइ कायम शेयरधनीहरुले बैंकको साधारण सभामा सहभागिता जनाउन तथा बैंकले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन्।