Mon, Sep 21, 2026
काठमाडौंको त्रिपुरेश्वरमा बसमा आगलागी भएको छ । सोमबार साढे १२ बजे सार्वजनिक बसमा आगलागी भएको हो ।
बसमा आगलागी भएपछि आगोले नजिकैकाे ट्रान्सफर्मर समेत जलाएको छ । आगलागी भएपछि त्यस क्षेत्रमा चल्ने यातायात केही समय प्रभावित बनेको छ । के कारणले आगो लाग्यो भन्ने यकिन हुन बाँकी रहेको छ । आगलागीबाट मानबीय क्षति भने भएकाे छैन ।
असोज ५ गते, सोमबार, नेपाली शेयरबजार बन्द रहने भएको छ।