काठमाडौं प्रहरी परिशरका अनुसार, ट्राफिक प्रहरीसँग सामान्य विवाद भएको र चालकले नै आगो लगाएको हुनसक्ने निष्कर्ष छ ।
चालक २५ वर्षीय दावा लामाको अवस्था भने गम्भीर रहेको छ । कीर्तिपुर बर्न अस्पतालमा पुर्याएका चालक लामाको शरीरको ९० प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ ।