प्रतिफल वितरण प्रयोजनार्थ यी दुबै फण्डहरुले भोली अर्थात असोज ७ गते बुधबार एक दिनका लागि बुकक्लोज गर्दैछ। यस अनुसार आजसम्म नेप्सेमा कारोबार भइ कायम इकाईधनीहरुले यी फण्डहरुको प्रतिफल प्राप्त गर्न सक्नेछन्।
नबिल ब्यालेन्स्ड फण्ड २ ले आफ्ना इकाईधनीलाई ३.५ प्रतिशत र नबिल ब्यालेन्स्ड फण्ड ३ (NBF3) का इकाईधनीले २.५ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन्।