मुक्तिनाथ विकास बैंकका ग्राहकलाई KGH होटलमा ३० प्रतिशतसम्म छुट

Sep 22, 2026 01:23 PM Merolagani



मुक्तिनाथ विकास बैंक लिमिटेड (@MNBBL@)  र KGH Group of Hotel and Resort बीच बैंकका ग्राहकलाई विभिन्न होटल तथा रिसोर्टका सेवामा विशेष छुट उपलब्ध गराउने सम्बन्धमा व्यावसायिक सम्झौता भएको छ।

सम्झौताअनुसार मुक्तिनाथ विकास बैंकका ग्राहकले काठमाडौंस्थित माया मनोर बुटिक होटल, पोखरास्थित वाटरफ्रन्ट रिसोर्ट र हिमालयन फ्रन्ट रिसोर्ट लगायत KGH अन्तर्गतका होटल तथा रिसोर्टका विभिन्न सेवामा १० देखि ३० प्रतिशतसम्म विशेष छुट प्राप्त गर्न सक्नेछन्।

 

 

त्यस्तै, १० जनाभन्दा बढीको समूहमा Booking गर्दा एक जनाका लागि बस्ने सुविधा निःशुल्क उपलब्ध गराइनेछ।

उक्त छुट तथा सुविधा लिन बैंकका ग्राहकले बैंकको मान्य डेबिट कार्ड वा प्रिभिलेज कार्ड प्रयोग गर्नुपर्नेछ। साथै, मुक्तिनाथ विकास बैंकको Mobile Banking मार्फत भुक्तानी गर्दा पनि यो सुविधा प्राप्त गर्न सकिने बैंकले जनाएको छ।

यसैगरी, मुक्तिनाथ विकास बैंकले आधारदरमा शून्य प्रतिशत प्रिमियममा समेत लगानी गर्न सकिने गरी Auto Loan सञ्चालनमा ल्याएको छ।

बैंकले आफ्ना ग्राहकलाई थप सेवा तथा सुविधा उपलब्ध गराउने उद्देश्यले KGH Group सँग व्यावसायिक सम्झौता गरेको जनाएको छ।