Mon, Oct 12, 2026
सरकारले चालु आर्थिक वर्षको बजेटलाई सर्वसाधारणले सहजै बुझ्न सक्ने गरी ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ। अर्थ मन्त्रालयले ‘हाम्रो कर, हाम्रै बजेट, हाम्रै भविष्य’ भन्ने नारासहित आफ्नो वेबसाइटमार्फत यो संक्षिप्त र सरल पुस्तिका ल्याएको हो।
बजेट तथा खर्च प्रणालीलाई पारदर्शी र जवाफदेही बनाउने उद्देश्यले जेठ १५ मा प्रस्तुत बजेटलाई नै सरल भाषामा रूपान्तरण गरी यो पुस्तिका तयार गरिएको अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बताएका छन्।
पुस्तिकाका मुख्य आकर्षणहरू:
बजेट प्रक्रिया र लक्ष्य: बजेट निर्माणका ६ वटा चरण, आर्थिक लक्ष्य, सार्वजनिक ऋण र आम्दानीका स्रोतहरूको प्रस्ट विवरण।
कर सुधार: व्यक्तिगत आयकरको छुट सीमा वृद्धि, कच्चा पदार्थको भन्सार दर कटौती तथा ६० वस्तुमा अन्तःशुल्क खारेजीबारे जानकारी।
वित्तीय बाँडफाँट: तीन तहका सरकारबिचको राजस्व बाँडफाँट र मन्त्रालयगत खर्चको विवरण।
लक्षित वर्गका सुविधा: ‘कसले के पाउँछन्’ शीर्षकअन्तर्गत किसान, विद्यार्थी, महिला, श्रमिक र उद्यमीलगायतका लागि गरिएका व्यवस्थाको बुँदागत उल्लेख।
जनसहभागिता: आगामी बजेटमा योजना पार्ने प्रक्रिया, बजेटसम्बन्धी प्राविधिक शब्दावलीको अर्थ र जिज्ञासा राख्ने सम्पर्क विवरण।
एनएमबि बैंक लिमिटेड (NMB) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।