हिमालयन एभरेष्ट इन्स्योरेन्स र बस सेवाबीच भएको सम्झौताअनुसार उक्त बीमा सुविधा उपलब्ध हुनेछ।
यात्रुहरूको सुरक्षित यात्रालाई मध्यनजर गर्दै हिमालयन एभरेष्ट इन्स्युरेन्स र बस सेवाबीच उक्त सम्झौता भएको हो । इन्स्योरेन्सका डिजिटल सेल्स चिफ म्यानेजर भुपेन्द्र श्रेष्ठ र बस सेवाका सिइओ पीआर खनालाबीच सम्झौता पत्रमा हस्ताक्षर भएको हो ।
सम्झौताअनुसार बस सेवा एप वा वेव साइटबाट टिकट काट्ने यात्रुले आफ्नो यात्राका लागि एक लाखदेखि पाँच लाख रुपैयाँसम्मको दुर्घटना बीमा लिन सक्नेछन्। यो सुविधा यात्राको क्रममा लागू हुनेछ।
बस सेवाका असिस्टेन्ट म्यानेजर दिपक बिकेले यात्रुलाई बस टिकट बुकिङसँगै आफ्नो यात्राका लागि बीमा सुविधा लिन सक्ने अपसनको व्यवस्था गरिएको बताए।
बस सेवा नेपालको अग्रणी अनलाइन बस टिकट उपलब्ध गराउने कम्पनी हो। बस सेवाले एक दशकभन्दा बढी समयदेखि नेपालका ७० भन्दा बढी जिल्लामा सञ्चालन हुने विभिन्न बसहरूको टिकट उपलब्ध गराउँदै आएको छ