गलौँदीमा सडक मर्मत गर्न आज राति ६ घण्टा पृथ्वी राजमार्ग बन्द हुने

Oct 12, 2026 03:49 PM Merolagani



पृथ्वी राजमार्गअन्तर्गत धादिङको गलौँदी क्षेत्रमा सडक मर्मतका लागि आज राति ११ बजेदेखि भोलि बिहान ५ बजेसम्म राजमार्ग बन्द हुने भएको छ।

प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेय (गौतम)ले सूचना जारी गर्दै त्रिशूली नदीको कटानका कारण गजुरी गाउँपालिका–५ गलौँदीमा सडक भासिएकाले मर्मतसम्भार गर्न आवागमन बन्द गरिने जानकारी दिएकी छन्।

गत असोज २३ गते सडक भासिएपछि अवरुद्ध भएको राजमार्ग २४ गते दिनभरको प्रयासपछि सञ्चालनमा आएको थियो। थप मर्मत गर्नुपर्ने भएकाले पुनः बन्द गर्न लागिएको हो।

दसैँको मुखमा राजमार्ग बन्द हुँदा यात्रु र यातायात व्यवसायीलाई समस्या पर्ने नेपाल यातायात व्यवसायी राष्ट्रिय अध्यक्ष पुण्यप्रसाद (सरोजण) सिटौलाले बताए। असोज १७ देखि २५ गतेसम्म नयाँ बसपार्कबाट २ लाख ७ हजार २५१ यात्रु दसैँ मनाउन काठमाडौं बाहिरिएका छन्।