बेनी हाइड्रोपावरको आईपीओ नेप्सेमा सूचीकृत

Oct 13, 2026 12:04 PM Merolagani



असोज २७ गते, मंगलबार, नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा बेनी हाइड्रोपावर प्रोजेक्ट लिमिटेड (BENH) को आईपीओ सूचीकृत भएको छ। यस दिन नेप्सेमा कम्पनीको १ करोड ४ लाख कित्ता सूचीकृत भएको हो।

कम्पनीले सर्वसाधारणमा वितरण गरेको २० लाख ८० हजार कित्ता र संस्थापक शेयरधनीहरुले लगानी गरेको ८३ लाख २० हजार कित्ता शेयर गरी कुल १ करोड ४ लाख कित्ता नेप्सेमा सूचीकृत भएको हो।

अब कम्पनीको शेयर भोली, बुधबारको स्पेशल प्रि ओपन सेसनमा कारोबार भएपश्चात नियमित बजारमा कारोबार हुनेछ। पहिलो कारोबारका लागि नेप्सेले कम्पनीलाई ९१ रुपैयाँ २७ पैसादेखि २७३ रुपैयाँ ८१ पैसासम्मको ओपनिङ्ग रेञ्ज प्रदान गरेको छ। कम्पनीको शेयर (BENH) टिकरमा कारोबार हुनेछ।