प्रि ओपन सेसन अपडेटः करिब ४ अंक घट्यो नेप्से

Oct 28, 2026 10:52 AM Merolagani



बुधबार प्रि ओपन सेसनमा नेप्से परिसूचक करिब ४ अंक घटेर बन्द भएको छ।

अघिल्लो कारोबार दिन अर्थात मंगलबार ०.९४ अंक बढेर २६३०.७६ विन्दुमा बन्द भएको नेप्से, यस दिन सो सेसनमा ३.९० अंक घटेर २६२६.८६ विन्दुमा झरेको छ। सो सेसनमा सेन्सेटिभ इण्डेक्स भने ०.८४ अंक बढेको छ।

बुधबार प्रि ओपन सेसनमा ५९ स्टकको ९२ पटकको कारोबारमा ४ करोड ४४ लाख २४ हजार ६७ रुपैयाँ २० पैसाबराबरको ६७ हजार ४३१ कित्ता शेयर खरिदबिक्री भएको छ। जसमध्ये १९ स्टकको मूल्य बढेको छ भने ३० स्टकको मूल्य घटेको छ। बाँकी १० स्टकको मूल्य भने सो सेसनमा स्थिर रहेको छ।