नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ लाख ८० हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। बिहीबारको बजारमा सुन प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
त्यस्तै, यस दिन चाँदी प्रतितोला ३ हजार ८२५ रुपैयाँमा किनबेच भइरहेको छ। बिहीबार चाँदी प्रतितोला ३ हजार ९३० रुपैयाँमा कारोबार भएको थियो।