नाडाका अध्यक्ष सुरेन्द्रकुमार उप्रेतीको नेतृत्वमा बुधबार जिल्ला प्रशासन कार्यालय पुगेको प्रतिनिधिमण्डलले प्रमुख जिल्ला अधिकारी ईश्वरराज पौडेलसँग भेट गरी संस्थाका समसामयिक विषयमा छलफल गरेको थियो । सोही अवसरमा नाडाले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत कार्यालयलाई आवश्यक सामग्री हस्तान्तरण गरेको हो ।
नाडाले राष्ट्रिय विपत्ति तथा विभिन्न आपत्कालीन अवस्थामा सरकारी तथा अन्य सम्बन्धित निकायलाई आवश्यक सामग्री र सहयोग उपलब्ध गराउँदै आएको जनाएको छ । यस्ता गतिविधिले राज्यका निकायसँगको सहकार्य र समन्वय थप प्रभावकारी बनाउने संस्थाको विश्वास छ ।
सामग्री हस्तान्तरण कार्यक्रममा नाडाका उपाध्यक्ष विक्रम सिंघानिया, महासचिव मिलनबाबु मल्ल, सचिव मेघराज पौडेल तथा केन्द्रीय कार्यसमिति सदस्य दीपककुमार अग्रवाल र नारायणप्रसाद पौडेलको उपस्थिति थियो ।
नाडाले आगामी दिनमा पनि संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत सहयोगात्मक तथा रचनात्मक गतिविधिलाई निरन्तरता दिने प्रतिबद्धता जनाएको छ ।