महालक्ष्मी विकास बैंकको लाभांश घोषणा

Nov 13, 2026 11:32 AM Merolagani



महालक्ष्मी विकास बैंक लिमिटेड (MLBL) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ।

बैंकले हाल कायम चुक्तापूँजीको ३.७ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ सहित ३.७८ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो।

कात्तिक २० गते बसेको बैंकको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने निर्णय गरेको हो।

नेपाल राष्ट्र बैंकबाट स्वीकृत भई आगामी वार्षिक साधारण सभाले पारित गरेपश्चात सो दरमा लाभांश वितरण गरिनेछ।




हिम पर्वत हाइड्रोपावरको आईपीओमा आवेदन दिने अवधि लम्बियो

Nov 08, 2026 06:30 AM

हिम पर्वत हाइड्रोपावर लिमिटेडले कात्तिक ११ गतेदेखिदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा निष्काशन तथा बिक्री खुला गरेको आईपीओमा आवेदन दिने अवधि लम्बिएको छ।