प्रोटोन ई. मास ७ ले एसेन एनक्याप अवार्डमा सुरक्षा विधामा अन्तर्राष्ट्रिय सम्मान पायो

Nov 19, 2026 03:17 PM Merolagani



प्रोटोनको विद्युतीय एसयूभी ई. मास ७ ले मलेसियामा आयोजित एसेन एनक्याप ग्रान्ड प्रिक्स अवार्ड्स २०२६ मा सुरक्षा विधामा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ ।

नोभेम्बर १० मा आयोजित अवार्ड समारोहमा ई. मास ७ ले ‘सेफ्टी असिस्ट’ विधामा सम्मान प्राप्त गरेको हो । यस उपलब्धिले गाडीमा उपलब्ध उन्नत चालक सहायता प्रविधि तथा सडक सुरक्षाप्रतिको प्रोटोनको प्राथमिकतालाई उजागर गरेको कम्पनीले जनाएको छ ।

ई. मास ७ मा विभिन्न सडक तथा ड्राइभिङ अवस्थालाई ध्यानमा राखेर तयार गरिएका सुरक्षा तथा चालक सहायता सुविधाहरू उपलब्ध छन् । यसको २०२६ मोडलमा इभेसिभ म्यानुभर असिस्ट, फ्रन्ट क्रस ट्राफिक अलर्ट र प्रिमियम भेरियन्टमा एक्टिभ लेन चेन्ज असिस्ट थप गरिएको छ ।

यी सुविधाले विभिन्न परिस्थितिमा चालकलाई सहायता प्रदान गर्दै सुरक्षित ड्राइभिङमा सहयोग पुर्‍याउने कम्पनीको भनाइ छ ।

सुरक्षासम्बन्धी अन्तर्राष्ट्रिय सम्मानसँगै ई. मास ७ ले मलेसियाको विद्युतीय सवारी बजारमा पनि राम्रो उपस्थिति कायम गरेको छ । सन् २०२६ को जनवरीदेखि अक्टोबरसम्म यस मोडलका ५ हजार ५७९ युनिट बिक्री भएका छन् । अक्टोबर महिनामा मात्रै ६१६ युनिट बिक्री भएको कम्पनीले जनाएको छ ।

सोही अवधिमा प्रोटोन ई।मासका सबै मोडल गरी कुल ३५ हजार ७३० युनिट बिक्री भएका छन् ।

नेपालमा प्रोटोन ई।मास ७ शंकर ग्रुपअन्तर्गतको जगदम्बा मोटर्समार्फत उपलब्ध हुँदै आएको छ । प्राइम र प्रिमियम गरी दुई भेरियन्टमा उपलब्ध यस विद्युतीय एसयूभीमा आधुनिक डिजाइन, प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने विभिन्न सुविधा समावेश छन् ।

गाडीमा सामान व्यवस्थित राख्न ३३ वटा स्टोरेज कम्पार्टमेन्ट उपलब्ध छन् । त्यस्तै, भेहिकल टु लोड (भीटूएल) सुविधामार्फत गाडीको ब्याट्री प्रयोग गरी बाह्य विद्युतीय उपकरण सञ्चालन गर्न सकिन्छ । यसमा रहेको ७ एनएम इन्टेलिजेन्ट ककपिट चिपले भ्वाइस कन्ट्रोल तथा मनोरञ्जनसम्बन्धी सुविधालाई सहज बनाउँछ ।

ई. मास ७ को प्राइम भेरियन्टको मूल्य ४९ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा ४९.५२ किलोवाट आवर क्षमताको ब्याट्री उपलब्ध छ, जसले डब्लूएलटीपी मापदण्डअनुसार एकपटकको पूर्ण चार्जमा ३४५ किलोमिटरसम्म रेन्ज प्रदान गर्छ ।

त्यस्तै, ५९ लाख ९९ हजार रुपैयाँ मूल्य रहेको प्रिमियम भेरियन्टमा ६०.२२ किलोवाट आवर क्षमताको ब्याट्री रहेको छ । यसले पूर्ण चार्जमा ४१० किलोमिटरसम्म रेन्ज दिने कम्पनीले जनाएको छ ।

दुवै भेरियन्टमा डीसी फास्ट चार्जिङ सुविधा उपलब्ध छ । उक्त सुविधामार्फत करिब २० मिनेटमा ब्याट्री ३० प्रतिशतबाट ८० प्रतिशतसम्म चार्ज गर्न सकिन्छ । गाडीले ११ किलोवाटसम्मको एसी चार्जिङ र १०० किलोवाटसम्मको डीसी फास्ट चार्जिङ सपोर्ट गर्छ ।

अन्तर्राष्ट्रिय स्तरमा प्राप्त सुरक्षा सम्मान, उन्नत चालक सहायता प्रविधि र दैनिक प्रयोगलाई सहज बनाउने सुविधासहित ई. मास ७ ले नेपालको विद्युतीय सवारी बजारमा आफ्नो उपस्थिति थप मजबुत बनाउँदै आएको कम्पनीले जनाएको छ ।




सुनचाँदीको मूल्यमा भारी गिरावट

Nov 18, 2026 10:46 AM

नेपाली बजारमा मंसिर २ गते, बुधबार पनि सुन र चाँदी दुवैको मूल्यमा भारी गिरावट आएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एकैदिन सुनको मूल्य प्रतितोला ६ हजार ३०० रुपैयाँले घटेको हो।