प्रधानमन्त्री साह दिल्लीमा, आजै भारतीय विदेशमन्त्रीसँग भेटवार्ता हुने

Nov 22, 2026 04:36 PM Merolagani



प्रधानमन्त्री बालेन्द्र साह दुईदिने राजकीय भ्रमणका लागि भारतको राजधानी नयाँ दिल्ली पुगेका छन् ।
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको निमन्त्रणामा प्रधानमन्त्री साह आईतवार अपरान्ह नयाँ दिल्ली पुगेका हुन् । प्रधानमन्त्री बनेपछि उनको यो पहिलो भारत भ्रमण हो ।

भ्रमणका क्रममा प्रधानमन्त्री साहले भारतीय राष्ट्रपति द्रौपदी मुर्मूसँग शिष्टाचार भेट गर्ने भएका छन् । त्यस्तै, भारतीय विदेशमन्त्री एस. जयशंकरले आईतवार नै उनीसँग भेट गर्ने कार्यक्रम रहेको छ ।

सोमवार प्रधानमन्त्री साहले भारतीय समकक्षी नरेन्द्र मोदीसँग प्रतिनिधिमण्डलस्तरीय वार्ता गर्नेछन् । वार्तामा द्विपक्षीय सम्बन्ध, व्यापार, पारवहन, ऊर्जा, लगानी तथा पूर्वाधार विकासलगायतका विषयमा छलफल हुने कार्यक्रम छ । प्रधानमन्त्री साह सोमवार साँझ स्वदेश फर्कने कार्यक्रम रहेको छ ।