भिसा इन्टरनेशनलले आयोजना गरेको ‘भिसा लिडरसिप कन्क्लेभ’ कार्यक्रममा बैंकले ‘एक्सिलेन्स इन प्रोडक्ट इनोभेसन’ र ‘एक्सिलेन्स इन भ्यालु एडेड सर्भिसेस’ गरी दुई विधामा अवार्ड प्राप्त गरेको हो।
ग्राहकको बदलिँदो आवश्यकता र अपेक्षालाई ध्यानमा राख्दै नवीनतम प्रविधिमा आधारित भिसाअन्तर्गतका विभिन्न बैंकिङ सेवा विकास तथा विस्तार गरेको भन्दै बैंकलाई सम्मानित गरिएको हो।
त्यस्तै, डिजिटल भुक्तानी प्रणालीको प्रवर्द्धन, नवीन बैंकिङ समाधानको कार्यान्वयन तथा ग्राहकलाई उत्कृष्ट सेवा र सुविधा प्रदान गर्दै थप सेवाको विस्तार गरेको योगदानको कदरस्वरूप उक्त अवार्ड प्रदान गरिएको बैंकले जनाएको छ।
ग्लोबल आइएमई बैंकले यसअघि पनि विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरिसकेको छ। बैंकले सन् २०१४ मा ‘बैंक अफ द इयर’, सन् २०१६ मा ‘बेस्ट इन्टरनेट बैंक’ तथा सन् २०२४, २०२५ र २०२६ मा लगातार ‘बेस्ट बैंक नेपाल’ को उपाधि प्राप्त गरेको थियो। यस्तै, युरोमनी अवार्ड फर एक्सिलेन्स र बेस्ट बैंक ईएसजी नेपाललगायतका सम्मानसमेत प्राप्त गरिसकेको छ।
हाल बैंकले मुलुकका सबै ७७ जिल्लामा सेवा विस्तार गरेको छ। बैंकका देशभर ३४१ शाखा, ३६६ एटीएम, १३६ शाखारहित बैंकिङ केन्द्र, ६९ एक्सटेन्सन तथा राजस्व सङ्कलन काउन्टर र तीनवटा विदेशस्थित प्रतिनिधि कार्यालय सञ्चालनमा छन्।
यसका साथै, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायतका मुलुकबाट औपचारिक माध्यममार्फत रेमिट्यान्स भित्र्याउँदै आएको छ।