
नेपाल लाईफ –कमल पन्थी
केही अनौपचारिक रुपमा आएका छन् तर स्पष्ट भएकोृ छैन । पक्कै दावीहरु पर्ने छन् ।
जर्मन हानओभररिसँग पुनर्बिमा गरेका छौ । यो विश्वको तेस्रो प्रतिष्ठित पुनर्बिमा कम्पनी हो । महाविपत्ति कोषमा रकम छ र पुनर्बिमा पनि गरेका छौ । परिवार र गाउँ नै सखाप भएको अबस्थामा बीमाको कागजातहरु जुटाएर दावी आउन समय लाग्छ ।
नेशनल लाईफ – बिज्ञान श्रेष्ठ
दावीहरु आउने क्रम अब सुरु हुँदैछन् । कति वटासम्म दावी पर्लान् भनेर भन्न सकिने अबस्था छैन । हामीसँग महाविपत्ति कोषमा चाँहिदो रकम छ र पुनर्बिमा पनि गरेका छौं । दावी भुक्तानीमा कुनै समस्या आउँदैन र कम्पनीको अबस्थामा पनि खासै असर पार्दैन ।
गुरास लाईफ – सरोज बीसी
अहिलेसम्म एउटा पनि दावी परेको छैन् तर ७० वटा जति मृत्यु दावी पर्ला कि भन्ने अनुमान गरेका छौ । नुवाकोट, सिन्धुपाल्चोक र काठमाडौमा बढी दावी पर्लान् । हामीले सिंगापुरको कम्पनीमा पुनर्बिमा गराएका छौ र महाविपत्ति कोषमा पनि पर्याप्त रकम छ । त्यसैले भुक्तानीको जोखिम बहन गर्छ, कम्पनीको आर्थिक अबस्थामा ठूलो संकट आउँदैन ।
सूर्या लाईफ – कवि फुयाल
एउटा पनि दावी आएको छैन । हाम्रो काभ्रे, सिन्धुपाल्चोक बाह्रबिसे र नुवाकोटमा शाखा छ । त्यहाँबाट बीमा पोलिसी लिएकाहरुको अबस्थाबारे स्पष्ट हुन सकिएको छैन । तर दावीहरु पक्कै पर्नेछन् । जीवन बीमाको दावी अहिले एक दुई दिनमै किन पर्दैन भने मृतकका आफन्तहरु शोकमा छन् । घाईतेहरु अस्पतालमा छन् र उनीहरुको आफन्तहरु अस्थायी शिविरमा आश्रय लिईरहेका छन् । यस्तो अबस्थामा बीमा कम्पनीमा कोही पनि आउँदैन । सहज अबस्था भएपछि कागजातहरु बनाएर आफन्तहरु अभिकर्ता खोज्दै आउँछन् । कति दावी पर्छ भनेर अबको एक महिनापछि मात्रै भन्न सकिन्छ । तर जे भए पनि बीमा दावीको भुक्तानीमा कुनै समस्या आउने छैन् ।
प्रिमियर ईन्स्यारेन्स– दिपेन्द्रराज गौतम
अहिले धमाधम बीमा दावीका निबेदनहरु दर्ता हुन थालेका छन् । ठूला प्रोजेक्टहरु भएकाले दावी भुक्तानी एक अर्ब भन्दा माथि नै हुन्छ । सबै निर्जिबन बीमा कम्पनीहरुको अबस्था यही नै हुन्छ भन्ने मेरो अनुमान हो । हामी कहाँ एउटा चिजको बीमा गरिएको हुन्छ दावी गर्दा अरु कुरा पनि जोडेर मागिन्छ । जस्तो केही दावीहरुमा कम्पाउन्ण्ड वालको पनि जोसिडएको छ तर त्यसको भुक्तानी बीमा कम्पनीले गर्दैन । यस्ता सानातिना क्षतिहरु ग्राहकले ब्यहोर्नुपर्ने हुन्छ । कति दावी पर्छन र त्यसको भुक्तानी कसरी गर्ने भन्ने कुरा त सर्भेपछि थाहा हुन्छ ।
प्रुडेन्सियल –आनन्द खड्का
दावी आउने क्रम जारी छ । फ्याक्स मार्फत पनि दावी गर्न सकिने भनिएको छ । अहिलेसम्म १४० दावी आएको छ । काठमाडौ, ललितपुर, भक्तपुरका धेरै छन् । धेरै दावी ब्यक्तिगत घरका आउँछन् । हामी कहाँ बैंकबाट कर्जा लिँदा बीमा गरिएका धेरै पोलिसीहरु छन् । तर सबै पोलिसीको पुनर्बिमा गरिएकाले भुक्तानीमा कुनै समस्या छैन ।
राष्ट्रिय बीमा कम्पनी –रमेशराज भट्टराई
हामी कहाँ ठूलो रकमको बीमा दावी पर्ने संकेत देखिएको छ । अहिले नै संचयकोष, राष्ट्र बैंक, केही ठूला होटलहरुको दावी परेको छ । दावीहरु धमाधम दर्ता भईरहेका छन् । दावी परेकामा सर्भेयर खटाईएको छ । भुक्तान गर्नुपर्ने दायित्व पनि धेरै छ । अहिले त अग्नि बिमासँगमा जोडिएको घर, उद्योग, कार्यालयकै बढी दावी आउँछन् । पुनर्बिमा भारतको एआईसी र बेलायती कम्पनीहरुसँग गरेका छौ । बीमा समितिले पनि स्पष्ट निर्देशन दिएको छ । ठूलो दावी पर्यो भने पुर्नबिमा कम्पनीले सर्भेयर खटाउनुपर्ने भएकोले त्यसलाई सहज र छिटो छरितो बनाउने काम पनि गर्दैछौ । स्थानीय सर्भेयरबाटै सर्भे गराएर भुक्तानी दिने सोचाई पनि बनाईरहेका छौ । क्षतिपुर्ति छिटो उपलब्ध गराउनेतर्फ केन्द्रित छौ ।
सगरमाथा ईन्स्योरेन्स – चंकी श्रेष्ठ
अहिलेसम्म २०० दावी परिसकेका छन् । एक महिनापछिसम्म पनि दावी आईरहने भएकाले कति दावी पर्लान् भन्न सकिन्न । सिंगापुर, अफ्रिका, लगायतका देशका सात वटा कम्पनीसँग पुर्नबिमा गरेका छौ । होराईजन, सिटिसी मल, सिभिल मल सहित ठूला हाउजिङको बीमा हामीमै छ । बैंकबाट कर्जा लिएको अबस्थामा बीमा गरिएको रहेछ भने बैंक धितोमा रहेको सम्पतिको क्षतिपुर्ति रकम बैंक र ऋणी दुबैको नाममा भुक्तानी जान्छ । ऋणी वा बैंक मात्रै एक्लैले पाउँदैन ।
सिद्धार्थ ईन्स्योरेन्स – बीरेन्द्र बैधबार
दावी आउने क्रम जारी छ । साना देखि ठूला दावीहरु आईरहेका छन् । अहिलेसम्म १७० दावी परिसकेको छ । बैंक मार्फत कर्जा लिँदा बीमा गरेको सम्पतिको दावी धेरै परेको छ । प्राविधिक जाँच गराउँदै छौ । भुकम्पले हाम्रै भवनमा पुर्याएको क्षतिको पनि प्राविधिकहरुले जाँच गरिरहेका छन् ।
केन्याको जेड बी, बैंकक र भारतीयसहित सातवटा पुनर्विमा कम्पनीहरुसँग पुनर्बिमा गरेका छौ । भुक्तानीको दायित्व बहन पुनर्विमा कम्पनीहरुले नै गर्छन । हामीलाई कुनै समस्या आउँदैन । बीमा कम्पनीको पूँजी क्षय हुने र कम्पनीलाई नै असर पर्ने भन्ने चाँही हैन ।
प्राईम लाईफ – बिकास अधिकारी
काठमाडौमा अहिलेसम्म एउटा मात्र दावी परेको छ, शाखाहरुको प्रतिबेदन आईसकेको छैन । महाविपत्ति कोष र पुनर्बिमा कम्पनीबाट दावी भुक्तानीको सहज ब्यवस्थापन हुन्छ । सामान्य बीमा र महाविपत्ति दुबैको पुनर्बिमा गरेका छौ । बीमा कम्पनीलाई त्यति धेरै भार पर्दैन । जर्मन कम्पनी हानओभररि र मलेशियामा पुनबिमा गरेका छौ ।
एशियन लाईफ – पद्मा गिरी
एउटा पनि दावी आएको छैन । सिन्धुपाल्चोक र नुवाकोटमा पनि पोलिसी बिक्री भएको छ । के कति क्षति भयो अब विस्तारै आउला । दावी भुक्तानीमा कुनै समस्या छैन ।
राष्ट्रिय बिमा संस्थान– बालकृष्ण अधिकारी
दावी त पर्ला तर खासै असर पर्दैन । बिमा गर्नेहरुको अबस्था स्पष्ट भएपछि निबेदन पर्ने हो । आफन्तहरु अहिले शोकमा रहेको हुनाले केही दिन पछि मात्रै दावी पर्ला । हाम्रो कम्पनीले पचहत्तरै जिल्लामा बीमा गरेको हुनाले काठमाडौ उपत्यका बाहेकका प्रभावित जिल्लाबाट पनि दावी आउने संभावना छ ।
हिमालयन जनरल ईन्स्योरेन्स– धु्रव न्यौपाने
अहिलेसम्म केही दावी परेको छ । ठूलो दावी पनि परेका छन् । थुप्रै ग्राहकले सर्भे गर्न निबेदन दिएका छन् । अनुमान गरेर यति दावी पर्ला र भुक्तानी गर्नुपर्ला भन्न सकिन्न । ठूला विद्युत आयोजना, उद्योग र कलकारखानाका दावी छन् । ठूला हाउजिङ, अटो र कार्यालयका पनि छन् । हाम्रो लागि घरको बिमा दावी भुक्तानीको कुरा सामान्य हो । सिंगापुर, लण्डन र भारतमा पुर्नबिमा गरेका छौ । धेरै रकमको दावी भुक्तानी गर्दा कम्पनीको आर्थिक अबस्थामा असर पर्नसक्छ । कतिपय कम्पनीलाई एक दुई साल घाटामा जाने स्थिति आउँला तर तिर्न नसक्ने भन्ने कुरा त हुँदैन ।
शिखर ईन्स्योरेन्स– प्रकाश थापा
जानकारी पत्रहरु मात्रै प्राप्त भईसकेका छन् । क्षति विवरणहरु टिपाउने क्रम सुरु भएको छ । छुट्टै हेल्पडेस्क राखेका छौ । २५० वटा दावी परेका छन् । हाम्रोमा बीमा गर्नेहरु हाईराईज बिल्डिङ पनि छन् । धेरै वटा कम्पनीहरुसँग पुनर्बिमा गरेका छौ । हामीले गरेको बीमा हामीले बहन गर्न सक्ने जोखिम बोकेर बाँकीका लागि बाहिरी देशमा पुर्नबिमा गरेका हुन्छौ । एक करोडको बीमा गरेको सम्पतिको १० प्रतिशत हामीले जोखिम बहन गरेर अरु पुनर्बिमा गरेका हुन्छौ, प्रत्येक बर्ष त्यसको पुनर्बिमा नबिकरण गरिएको हुन्छ । । आर्थिक अबस्थामै असर पर्ने हुँदैन । हाम्रोमा २०० करोड तिर्नुपर्ने हुनसक्छ भनेर आँकलन गरिएको छ तर सबै हामीले तिर्ने हैन, पुनर्बिमा कम्पनीले तिर्छ ।
युनाईटेड ईन्स्योरेन्स– गोपाल सरार्फ
अहिले प्रारम्भिक सर्भे मात्रै भईरहेको छ । फोटोहरु खिच्ने र बिबरणहरु टिपाउने कामहरु चलिरहेका छन् । दुईसय भन्दा बढी दावीहरु परेका छन् र अरु आउँदै पनि होलान् ।
हाम्रो धेरै बीमा चाँही बैंकहरुबाट कर्जा लिएर खरिद र निर्माण गरिएका घरहरुमा छ । ती घरहरुका धेरै पर्खालहरु भत्किएका छन् । अटोमा केही आउँलान् । धेरै ठूला विद्युत आयोजना र हाईराईज बिल्डिङहरुमा हामीले बीमा पोलिसी बेचेका छैनौ । हात्तीवनको एउटा मात्रै हाईराईज विल्डिङमा हाम्रो बीमा भएको हो, त्यसमा धेरै क्षति छैन । हामीले भारतमा पुनर्बिमा गराएका छौं । त्यसबाट दावी भुक्तानी हुनेछ ।
एनएलजी ईन्स्योरेन्स –किरण रन्जितकार
महाविपत्तिका कारण कम्पनीलाई भार त परिहाल्छ । अहिलेसम्म २०० वटा दावी परेका छन् र अरु आउने क्रम जारी छ । हामीले बीमा गरेकामा बैंकले कर्जा प्रबाह गरेका सामान्य खालका आवासीय घरहरु बढी छ । तिनीहरुको पुनर्बिमा गरिएको छ । अटो र अपार्टमेन्टहरुको धेरै छैन ।
नेको ईन्स्योरेन्स –बीरेन्द्र गर्तौला
अग्नि बीमा अन्तर्गत आवासीय र ब्यवसायिकहरु भवनहरुको बीमा गरिएको छ । दावीहरु परेको छ र धमाधम सर्भे गर्ने क्रम पनि चलिरहेको छ ।। काठमाडौ उपत्यकामा मात्रै डेढ सय निबेदन परेका छन् । नुवाकोटमा ३० र हेटौडामा २५ दावी परेका छन् । नुवाकोटमा केही मेसिनरी सामानहरु क्षति भएको दावी पनि परेको छ । अपार्टमेन्टका फ्ल्याटहरुको पनि दावी परेको छ । अटोका दावीहरु कम छन् । सबै दावीहरुको मूल्याङकन गर्छौ । पहिलो चरण, दोसं्रो चरण र तेस्रो चरणसम्म पनि गएर क्षति मूल्याङ्कन हुन्छ । जेबीबोडा, मुम्बईमा पुनर्बिमा गरिएको छ, उसैबाट भुक्तान हुन्छ ।
नेपाल ईन्स्योरेन्स
धमाधम दावीहरु आउँदैछन् । अहिलेसम्म ३०० दावीहरु परेका छन् । आठ करोडसम्मको रकम दावी गरेर तीन वटासम्म निबेदन आएका छन् । घर र हाईराईज बिल्डिङमा बिमा धेरै गरिएको छ । कति दावी पर्ला र कति भुक्तान गर्नुपर्ला भन्नै सकिन्न ।
एभरेष्ट ईन्स्योरेन्स – प्रदिप रमन धौभडेल
हामीले दावी बुझ्ने क्रम तीब्र पारेका छौ । अहिलेसम्म ३३ वटा दावी प्राप्त भईसकेका छन् र तिनीहरुको अबस्था बुझ्न सर्भेयर खटाएका छौ । हाम्रोमा बैंकको कर्जाका आवासीय भवन र अटो बीमा बढी छन् । सबैको पुनर्बिमा गरेका छौ । बीमा समितिले छिटो दावी भुक्तानी गर्न रणनीतिक योजना मागेको छ । साना दावीहरु तत्कालै भुक्तान गर्ने र ठूला भए बोर्डमा लैजाने नीति लिएका छौ । पुनर्बिमा कम्पनीसँग पनि कुराकानी भएको छ । दावी भुक्तान गर्दा कम्पनीको आर्थिक अवस्थामै असर पर्ने अवस्था आउँदैन । दावी भुक्तान गर्न हामी सक्षम छौ, कम्पनीको अबस्था बलियो छ ।
लुम्बिनी जनरल ईन्स्योरेन्स– रामचन्द्र श्रेष्ठ
अहिलेसम्म दावी पनि धेरै परिसकेको छैन । अहिलेसम्म ५० वटा मात्रै दावी परेका छन् । भर्खर यो क्रम सुरु भएकाले धेरै दावी पर्न सक्छन् । हाईराईज बिल्डिङ, जलविद्युत आयोजनाहरुको पनि बीमा हामीमै छ । अटोको कम छ । बीमा गर्नेले आफ्नो सम्पतिको क्षति भएको रकम चाडै पाउन् भनेर सर्भे गरेपछि अन्तरिम भुक्तानी पनि दिने भन्ने सोच बनाएका छौ । भारतको जिआईसी र अरु देशमा पनि पुनर्बिमा गरेका छौ । हामीले तिर्नै नसक्ने भन्ने चाँही हुँदैन ।
प्रभु ईन्स्योरेन्स – सवि बैद्य
दावीहरु भर्खर आईरहेका छन् । घर र पसलहरुहरुको दावी बढी आईरहेका छन् । हाईराईज बिल्डिङ, जलविद्युतको पनि बीमा हाम्रैमा छ । दावी आएकाहरुमा धमाधम सर्भे पठाउँदैछौ । कति आबेदन पर्छन, त्यसको सर्भे गरेर भुक्तानीको प्रक्रिया अगाडि बढाउँछौ ।