Fri, Sep 11, 2026
लगानीकर्तालाई ६ प्रतिशत बोनस प्रस्ताव गरेको रिडि हाइड्रो (RHPC) को शेयर मुल्य समायोजन भएको छ । बुधबार ११ रुपैंयाले घटेर ३ सय २५ रुपैंयामा अन्तिम कारोबार भएको कम्पनीको समायोजित मुल्य ३ सय ७ रुपैंया रहेको छ ।
भदौ ३१ गतेका लागि साधारण सभा बोलाएको कम्पनीले बुधबारसम्म शेयर खरिद गरि बिहीबार दाखेल खारेजका लागि प्रकृयामा गएका शेयरधनीले मात्र बोनस पाउने बताइएको छ । केही समय अघि कम्पनीले ३५ प्रतिशत हकप्रद शेयर निष्काशन गरेको थियो ।
नबिल बैंक लिमिटेडले आफ्ना शेयरधनीहरूका लागि आर्थिक वर्ष २०८२/८३ को लाभांश घोषणा गरेको छ। बैंकको सञ्चालक समितिले उक्त आर्थिक वर्षको मुनाफाबाट कूल १५.८० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।