हिमालय उर्जाले २५ करोडको आईपीओ ल्याउन तोक्यो बिक्री प्रबन्धक

May 12, 2017 merolagani



हिमालय उर्जा विकास कम्पनीले २४ करोड ७५ लाख रुपैयाँ बराबरको साधारण सेयर जारी गर्ने भएको छ । कम्पनीले साधारण सेयर निष्कासनको लागि नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ ।

विहीबार हिमालय उर्जा विकास कम्पनी लि. र नबिल इन्भेष्टमेन्ट बैंकिंग लिमिटेडबीच सेयर निष्कासन सम्बन्धि सम्झौता भएको  छ ।

सो सम्झौतापत्रमा कम्पनीका तर्फबाट अध्यक्ष हरिप्रसाद पाण्डे र निष्काशन तथा बिक्री प्रबन्धकको तर्फबाट प्रमुख कार्यकारी अधिकृत प्रवीण रमण पराजुलीले हस्ताक्षर गरे ।

हिमालय उर्जाले निर्माण गरिरहेको उपल्लो खिम्ती १२ मेगावाट र अप्पर खिम्ती–२ , ७ मेगावाटको जलविद्युत आयोजनाको शेयर सार्वजनिक निष्कासन गर्ने भएको हो । 

ईक्रा रेटिड. समेत गरी धितोपत्र बोर्डमा सेयर निश्काशनका लागि आबेदन गरी अनुमति पाएर सर्बसाधारणमा सेयर निश्काशन हुन लामो समय लाग्नसक्छ ।  

कम्पनीले दुई आयोजनाका एक सय रुपैयाँका दरले २४ करोड ७५ लाख रुपैयाँ बराबरको २४ लाख ७५ हजार कित्ता शेयर बिक्री गर्नेछ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्रका बासिन्दामा ९ लाख ९० हजार कित्ता तथा सर्वसाधारणमा १४ लाख ८५ हजार कित्ता शेयर जारी गर्नेछ ।

कुल ३ अर्ब १५ करोड रुपैयाँ लागत अनुमान गरिएको यी आयोजनाहरुमा नबिल बैंकको अगुवाईमा एभरेष्ट बैंक, नेपाल बैंक र एस डेभलपमेन्ट बैंकको २ अर्ब ३५ करोड रुपैयाँ ऋण लगानी रहेको छ ।

हिमालय उर्जा विकास कम्पनीले २०७५ अषाढमा उपल्लो खिम्ती र २०७५ असोजमा अप्पर खिम्तीबाट बिजुली उत्पादन गर्ने लक्ष्यका साथ कार्य गरिरहेको छ । हाल यी आयोजनाको सिभिल र हाईड्रो मेकानिकलको कार्य भईरहेको छ भने इलेक्ट्रो मेकानिकलको लागि जापानको तोसिबा कम्पनीसँग सम्झौता भएको छ ।

....मेरो लगानी डटकमको सह-प्रकाशन nepaljournal.com हेरेर प्रतिक्रिया तथा सुझाब दिनुहोला।




अर्बपतिहरुको सम्पत्तिमा सुनामी, एकै झट्कामा अर्बौं डलर स्वाहा

Nov 02, 2025 01:43 PM

विश्व अर्थतन्त्र फेरि एकपटक प्रविधि बजारको अस्थिरताबाट हल्लिएको छ। पछिल्लो २४ घन्टामा विश्वका शीर्ष अर्बपतिहरुको सम्पत्तिमा सुनामी आएको छ। अमेरिकी शेयर बजारमा आएको तीव्र गिरावटसँगै एकै झट्कामा अर्बौं डलर स्वाहा भएको छ।