पूँजी बजार विस्तारका लागि एक अर्ब रुपैयाँको म्युचुअल फण्ड आउँदै

Jan 01, 2018 Merolagani



नेपालको पूँजी बजार विस्तारमा सघाउन सामुहिक लगानी कोष सञ्चालन गर्ने कम्पनीमा सि.बि.आई.एल क्यापिटल पनि थपिएकाे छ । क्यापिटलले एक अर्ब रुपैयाँको सिटिजन्स् म्युचुअल फण्ड १ को १० करोड इकाई विक्री गर्ने भएको छ । धितोपत्र बोर्डले क्यापिटललाई कोषकाे इकार्इ जारी गर्न सोमबार अनुमति दिएको छ ।

तोकिएको रुकम एक अर्ब रुपैयाँ भए पनि लगानीकर्ताको माग आवेदन बढी भएमा कोष २५ प्रतिशतसम्म बढाउन सकिने भएकाले एक अर्ब २५ करोड रुपैयाँको १२ करोड ५० लाख ईकाई बिक्री गर्न पाउने गरी सो कम्पनीले धितोपत्र बोर्डबाट अनुमति पाएको छ । 

धितोपत्र बजारको फरक लगानीको स्रोतका रुपमा विकास हुँदै गरेको म्युचुअल फण्डमा लगानीकर्ताको समेत आकर्षण मात्रै बढेको छैन, नयाँ नयाँ अवसर समेत सिर्जना भइरहेको छ । एकपछि अर्को गर्दे पछिल्लो समय बैंकहरुले सहायक कम्पनी मार्फत म्युचुअल फण्डको निष्काशन गर्ने क्रम बढ्दो छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स

सेयर बजारमा आफै जोखिम बहन गरेर प्रत्यक्ष लगानी गर्न नचाहने नयाँ तथा साना लगानीकर्ताहरुका लागि सुरक्षित लगानी गर्नु यस्ता सामुहिक लगानी कोषहरु उपयुक्त माध्यम हुन् । साधारण शेयर प्रतिकित्ता एक सय रुपैयाँमा खरिद गर्न सकिन्छ भने यस्ता फण्डको मूल्य प्रति इकाई दश रुपैयाँ रहने गर्छ । शेयर बजारलाई थप विविधिकरण गर्ने र लगानीका स्रोत जुटाउने लक्ष्यका साथ यस्ता फण्ड तयार गरिन्छ ।

हाल बजारमा १२ वटा यस्ता सामूहिक लगानी कोष सञ्चालनमा रहेका छन् । एनआईसी एशिया क्यापिटलले भर्खरै मात्र स्विकृति पाएको छ भने पुस ९ गतेदेखि सिद्धार्थ लगानी वृद्धि योजना १ को अवधि समाप्त भएको छ । ग्लोबल आईएमई क्यापिटल र एनआईबिएल क्यापिटल अनुमतिका लागि पाईपलाइनमा रहेका छन् ।

सि.बि.आई.एल क्यापिटल सिटिजन्स् बैंकको सहायक कम्पनी हो । सि.बि.आई.एल क्यापिटलले शेयर निष्काशन तथा विक्री प्रबन्धक सँगै, लगानी व्यवस्थापन (पोर्टफोलियो म्यानेजमेन्ट), निक्षेप सदस्य (डीपी) सेवा, लगानी परामर्श सेवा प्रदान गर्दै आइरहेको छ ।




नेप्सेमा 'ब्ल्याक फ्राइडे': एकै दिन १ हजार अंकको पहिरो, नेप्सेको प्राविधिक हालत !

Jul 24, 2026 04:01 PM

नेपाली शेयर बजारको इतिहासमा आज शुक्रवार शेयर बजारको कारोबार मापन गर्ने नेप्से सूचक एकै दिन १०००.९३ अंकले घटेर १७१७.७९ को विन्दुमा झरेको छ।