नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने एडीबीको प्रक्षेपण

Apr 11, 2018 Merolagani



एसियाली विकास बैंक(एडीबी) ले सन् २०१८ मा नेपालको आर्थिक वृद्धिदर ४.९ प्रतिशत रहने अनुमान गरेको छ। एडीबीले वुधबार एशियन आउटलुक २०१८ सार्वजनिक गर्दै उक्त प्रक्षेपण सार्वजनिक गरेको हो । जुन गतबर्षको भन्दा दुई प्रतिशत कम हो ।

यसअघि एडीबीले ६ महिनाको समीक्षा गर्दै नेपालको आर्थिक बृद्धिदर ४.७ प्रतिशत रहने अनुमान गरेको थियो । सन् २०१९ मा भने नेपालको आर्थिक वृद्धिदर ५.५ प्रतिशत रहने अनुमान एडीबीको छ ।

सरकारले चालु आर्थिक बर्षमा ७.२ प्रतिशतको आर्थिक वृद्धिदरको लक्ष्य लिएको थियो । तर त्यसलाई मध्यावधि समिक्षामार्फत घटाएर ६ प्रतिशत रहने अनुमान गरेको छ । एडीबीले अर्थ मन्त्रालयले मध्यावधि समीक्षा मार्फत तय गरेको भन्दा एक प्रतिशत बढीले कम आर्थिक वृद्धि हुने प्रक्षेपण गरेको हो ।

तराइको बाढीले कृषि क्षेत्रमा असर गरेको र औद्योगीक क्षेत्रले बिजुली नपाउँदा नयाँ उत्पादन र नयाँ लगानी बढ्न नसकेका कारण आर्थिक वृद्धि सरकारी लक्ष्यभन्दा निकै कम हुने एडीबीको भनाई छ ।




शेयर बजार आईतवार बन्द हुने, यस्ता छन् मन्त्रिपरिषद् बैठकका अन्य निर्णय

Apr 05, 2026 02:46 PM

सरकारले हप्तामा दुई दिन बिदा दिने भएको छ । मन्त्रिपरिषद्को आईतवार बसेको बैठकले पेट्रोलियम आपूर्तिमा उत्पन्न असहजताका कारण चैत २३ गतेबाट लागू हुनेगरी सरकारी कार्यालय र शैक्षिक संस्थाहरूमा शनिवार र आईतवार बिदा दिने निर्णय गरेको हो । अब शेयर बजार आईतवार बन्द हुने भएकाे छ ।