मिटरमा नजाने ट्याक्सी चालक यसरी पर्देछन् कारबाहीमा

May 18, 2018 RSS



 महानगरीय ट्राफिक प्रहरी परिसरले मिटर नचलाउने ट्याक्सीलाई कारबाहीमा कडाइ गरेको छ । ट्याक्सी चालकले यात्रुसँग बढी भाडा लिएको गुनासो बढेकाले परिसरले ट्याक्सीमा गत महिनादेखि अनुगमन बढाएको थियो ।ट्याक्सीलाई बीच बाटोमा रोकेर मिटर चले-नचलेको जाँच गरिएको परिसरका प्रमुख (प्रहरी निरीक्षक) सीताराम हाछेथुले बताए ।

 

उनले भने, “हामीले अनुगमन व्यापक बनाएका छौं र मिटर नराख्नेलाई धमाधम कारबाही पनि गरिरहेका छौं ।”

ट्राफिक प्रहरीले यसअघि ट्याक्सी रोक्ने ठाउँमा अनुगमन गर्दै आएको प्रहरी निरीक्षक हाछेथुले बताए, “यस अघि सिभिल ड्रेसका ट्राफिक प्रहरीले यात्रु बनेर छड्के जाँच गर्दा दोषी देखिएकालाई कारबाही गर्दै आएको थियो ।

ट्राफिक प्रहरीको हाउभाउ र उनीहरूलाई सडकमा देखिरहेकाले चालकले चिन्ने गर्दथे । अहिले गुडिरहेको ठाउँमा कारबाही थालिएको हो । उनले भने, “अहिले हामीले गरेको कारबाही यात्रु आफैंँले पनि देख्नुहुन्छ ।”

ट्राफिक प्रहरीले भनेको ठाउँमा जान नमान्ने चालकलाई समेत कारवाही गर्दै आएको छ । चालकले काठमाडौंँमा नयाँ यात्रु हो भन्ने चिन्दा मिटरमा नजाने र बढी भाडा लिने गरेको नियमित अनुगमनका क्रममा पाइएको जानकारी दिँदै प्रहरी निरीक्षक हाछेथुले भने, “यो ठाउँ कहाँ पर्छ भन्नासाथ चालकले यात्रु नयाँ भन्ने चिन्ने र उनीहरुलाई बढी ठगेको पाइयो ।’’




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।