नेप्से घटेपनि ७७ प्रतिशतले बढ्यो कारोबार रकम

May 25, 2018 Merolagani



सेयर बजार परिसूचक नेप्से पाँच कारोबार दिन नै घटेपनि कारोबार रकममा भने गत साताको तुलनामा ७७.७१ प्रतिशतको सुधार देखिएको छ । साताको नेप्से परिसूचक पहिलो दिनको तुलनामा २१.४३ अंकले घटेर अन्तिम दिन १३१८.२२ अंकमा झरेको छ ।

गत साता एक अर्ब आठ करोड १९ लाख ४१ हजार रुपैयाँ बराबरको सेयर खरिदविक्री भएकोमा यस साता एक अर्ब ९२ करोड २७ लाख ३१ हजार रुपैयाँ बराबरको सेयर किनबेच भए ।

यस साता नेप्सेमा १८३ कम्पनीहरुको ४१ लाख ३७ हजार ४३० कित्ता सेयरहरु १९ हजार ७१३ पटक कारोबार भएको छ । गत साता १७६ कम्पनीहरुको १४ हजार २६ पटक कारोबारबाट २३ लाख २९ हजार चार सय ४० कित्ता सेयरहरु खरिद बिक्री भएका थिए

यस साता कारोबार रकम र कारोबार संख्या सबैमा नेपाल इन्भेष्टमेन्ट बैंकको संस्थापक सेयर अग्रस्थानमा रहेको छ । बैंकको तीन लाख ९६ हजार कित्ता सेयर ७२९ वटा कारोबारबाट २२ करोड ८५ लाख रुपैयाँ बराबरमा खरिद विक्री भएको छ ।

उत्कृष्ट पाँच कारोबार गर्ने कम्पनीमा स्वरोजगार लघुवित्त, लक्ष्मी बैंक, कालिका माईक्रोक्रेडिट लघुवित्त र नेपाल बैंकको उच्च कारोबार भएको छ ।

स्वरोजगारको ६ करोड ९९ लाख, लक्ष्मी बैंक ५ करोड ८३ लाख, कालिका माईक्रोक्रेडिटको पाँच करोड ३६ लाख र नेपाल बैंकको ४ करोड ७७ लाख रुपैयाँको सेयर कारोबार भयो ।

‘क’ वर्गका कम्पनीहरुको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पहिलो दिनको तुलनामा ४.३७ अंकले घटेर २७७.८९ अंकमा आईपुगेको छ ।




धितोपत्र बजारकाे ‘कालो कर्तुत‘काे पर्दाफास: बोर्डले तयार पारेको दुईवटा जाँचबुझ प्रतिवेदनहरूमा के छ ?

Apr 21, 2026 07:47 PM

नेपालको धितोपत्र बजारमा सर्वसाधारण लगानीकर्ताको पसिनाको कमाइमाथि कसरी ‘कलोनी’ खडा गरिएको छ भन्ने तथ्य बोर्डको गोप्य प्रतिवेदनले प्रमाणित गरेको छ।