अमेजनमा अनलाइन सपिङ गर्दा फोनको पार्सलमा निस्कियो साबुन

Oct 31, 2018 Merolagani

आजकल अनलाइन सपिङ गर्ने प्रचलन बढ्दो मात्रामा रहेको छ । व्यस्त जीवनशैली र प्रविधिको विकासका कारण मानिसहरु कुनै पनि सामान किन्न सपिङ सेन्टरमा जान भन्दा पनि सिधै अनलाइन मार्फत हेरेर आफूलाई चाहिएको कुराहरु अर्डर गर्ने गर्दछन् ।

तर आफूले अर्डर गरेको कुरा डेलिभरी नभई अन्य कुनै सस्तो सामान हात पर्याे भने? यस्तै एउटा घटना भारतमा भएको छ ।

त्यहाँ एकजना व्यक्तिले अनलाइन मार्फत मोबाइल किन्दा साबुन प्याक गरिएको पार्सल पाएका छन् । यसका लागि मोबाइल इकमर्श वेभसाइट अमेजनको इन्डिया प्रमुख समेत ४ जना विरुद्ध मुद्दा दर्ता गराइएको छ ।

पीडित व्यक्तिको आरोप रहेको छ कि, उसले वेबसाइटबाट स्मार्टफोन किनेका थिए तर पार्सलमा एउटा साबुन मात्र रहेको थियो ।

ग्रेटर नोएडाको बिसरख थानामा दर्ता गराइएको उजुरी अनुसार, पीडितले अमेजन वेबसाइटमार्फत एउटा स्मार्टफोन किनेका थिए । २७ अक्टोबरमा कम्पनीले उनको अर्डर डेलिभर गरेको थियो । जब पीडितले पार्सल खोलेर हेरे, तब त्यसमा फोनको सट्टा साबुन निस्कियो ।

पुलिसका अनुसार आरोपिहरुका विरुद्ध मुद्दा दर्ता गराइएको छ । अमेजनले यस मामलाको पुष्टि गरेको छ । साथै पीडित व्यक्तिलाई पूरै पैसा फिर्ता गराउने प्रक्रिया सुरु भइसकेको पनि बताइएको छ । एजेन्सी

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।