नेशनल हाइड्रोको खुद नाफा बढ्यो, जगेडा कोष ४२ करोड ऋणात्मक

Nov 12, 2018 Merolagani



नेशनल हाइड्रो पावर कम्पनी (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो १ करोड १६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १ करोड ६ लाख रुपैयाँले बढि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४७ पैसा प्रति शेयर नेटवर्थ ६९ रुपैयाँ ४२ पैसा र मुल्य आम्दानी अनुपात १०.५८ गुणा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




राष्ट्रिय पार्टी बन्नेमा पाँच दल ढुक्कः संघर्ष गर्दै राप्रपा, राष्ट्रिय पार्टी बन्नेलाई यस्ताे हुन्छ सुविधा ?

Mar 09, 2026 05:33 PM

नेपालमा पाँच वटा राजनीतिक दलहरुले मात्रै राष्ट्रिय पार्टीको मान्यता पाउने देखिएको छ । फागुन २१ गते सम्पन्न प्रतिनिधि सभा निर्वाचनको हालसम्मको मत परिणामअनुसार राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), नेपाली काँग्रेस, नेकपा (एमाले), नेपाली कम्युनिष्ट पार्टी र श्रम संस्कृति पार्टीले राष्ट्रिय पार्टीको मान्यता पाउने आधार देखिएको हो ।