नेशनल हाइड्रोको खुद नाफा बढ्यो, जगेडा कोष ४२ करोड ऋणात्मक

Nov 12, 2018 Merolagani



नेशनल हाइड्रो पावर कम्पनी (NHPC) ले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा २ करोड ५८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । गत आर्थिक वर्षको यसै अवधिको तुलनामा यो १ करोड १६ लाख रुपैयाँले बढी हो ।

गत आर्थिक वर्षको पहिलो त्रैमासमा कम्पनीले ९५ लाख २९ हजार रुपैयाँ खुद नाफा गरेको थियो ।

कम्पनीले चालु आर्थिक वर्षको पहिलो त्रैमासमा विद्युत बिक्रीबाट ६ करोड ४३ लाख रुपैयाँ आम्दानी गरेको छ । गत आर्थिक वर्षको तुलनामा १ करोड ६ लाख रुपैयाँले बढि हो । गत आर्थिक वर्षको पहिलो त्रैमासमा ५ करोड ३७ लाख रुपैयाँ आम्दानी गरेको थियो ।

१ अर्ब ३८ करोड ५९ लाख रुपैयाँ चुक्ता पुँजी भएको कम्पनीको जगेडा कोष ४२ करोड ३७ लाख रुपैयाँले ऋणात्मक छ ।

कम्पनीको प्रति शेयर आम्दानी ७ रुपैयाँ ४७ पैसा प्रति शेयर नेटवर्थ ६९ रुपैयाँ ४२ पैसा र मुल्य आम्दानी अनुपात १०.५८ गुणा छ ।

यसरी प्रयोग गर्नुहोस डाटा एनालिटिक्स




सुनको मूल्यमा भारि वृद्धि , सुन चाँदी दुवैले रेकर्ड ब्रेक गर्यो

Oct 05, 2025 12:10 PM

असोज १९ गते, आइतबार,  नेपाली बजारमा सुन र चाँदीको मूल्य भारि वृद्धि भएर ऐतिहासिक उचाईमा पुगेको छ । दशैपछि खुलेको बजारमा सुन एकैपटक प्रतितोला ७ हजार ४०० रुपैयाँ बढेको छ चाँदी तोलामा १२० रुपैयाँले बढेको हो ।