शेयर बजारका बारेमा लेखिएको ३३० बर्ष पुरानो किताब लिलामीमा

Dec 05, 2018 Merolagani

यदि शेयर बजारले तपाईलाई कन्फ्यूज बनाइरहेको छ भने यस विषयमा तपाई मात्र त्यस्तो व्यक्ति हुनुहुन्न । शताब्दी पहिलेदेखि नै मानिसहरु शेयर बजारका बारेमा अलमलमा परिरहेका छन् ।

सायद त्यसैले होला शेयर बजारमाथि लेखिएको पहिलो किताबको नाम पनि ‘कन्फ्यूजन डि कन्फ्यूजनेस’  राखिएको थियो । सन् १६८८ मा जोसेफ पेन्सो डि ला भेगाले लेखेका थिए ।

उक्त किताब १६०२ मा स्थापित दुनियाँको पहिलो एम्सटर्डम एक्सचेञ्जमा आधारित रहेको छ । सोदबी अक्सन हाउसले उक्त किताबको लिलामी गरिरहेको छ ।

उक्त किताब २ देखि ४ करोडसम्ममा बिक्ने अनुमान गरिएको छ । जीविश थियोलोजिकल सेमिनरीले उक्त किताब बेच्ने भएको छ । एजेन्सी

comments powered by Disqus

आइएमई लाइफको लाभांश घोषणा, बोनस र नगद कति?

May 02, 2024 09:44 AM

आइएमई लाइफ इन्स्योरेन्स (ILI) ले गत आर्थिक वर्षको मुनाफाबाट शेयरधनीहरुलाई वितरण गर्ने लाभांश घोषणा गरेको छ। इन्स्योरेन्सले हाल कायम चुक्ता पूँजीको ३४.५० प्रतिशतका दरले लाभांश वितरण गर्ने घोषणा गरेको हो।