कम्पनीले मंगलबार सार्वजनिक गरेको वित्तिय विवरण अनुसार कम्पनीको खुद नाफा समीक्षा अवधिमा एक करोड ७८ लाख रुपैयाँले घटेको हो।
अपिको विद्युत बिक्री मार्फत हुने आम्दानी घटेकाले तथा सञ्चालन खर्च बढेकाले कम्पनीको खुद नाफा घटेको हो ।
अघिल्लो वर्ष विद्युत बेचेर १३ करोड ८१ लाख ४२ हजार रुपैयाँ आम्दानी गरेको कम्पनीको गत वर्ष यस्तो आम्दानी १२ करोड ७८ लाख २९ हजार रुपैयाँमा खुम्चिएको हो ।
चुक्ता पूँजी एक अर्ब १३ करोड ४० लाख रहेको कम्पनीको जगेडा कोषमा ६ करोड ६ लाख रुपैयाँ सञ्चित छ।
खुद नाफा घटेसँगै हाइड्रोको अघिल्लो वर्ष ७ रुपैयाँ १५ पैसा रहेको प्रतिशेयर आम्दानी रहेको गत वर्षमा ५ रुपैयाँ ४ पैसामा झरेको छ। कम्पनीको प्रतिशेयर नेटवर्थ १०५ रुपैयाँ ३५ पैसा र मूल्य आम्दानी अनुपात ५६.३५ गुणा छ ।