चीनमा नयाँ नियमः कर नतिरे देश छोड्न नपाइने

Jan 01, 2019 Merolagani



नयाँ बर्षको सुरुवातसँगै चीनको कर संकलन प्राधिकरणले नयाँ नियम बनाएको छ । यो नियमका अनुसार कुनै पनि व्यवसायी, कम्पनी वा व्यक्ति जो कोहीको पनि कर बाँकी छ भने उनीहरुले देश छोडेर जान नपाउने भएका छन् ।

नयाँ नियमको दायरामा सुरुमा यस्ता कारोबारी, कम्पनी तथा नोकरी पेसा गर्ने मानिस आउने छन्, जसले १ लाख युआन अर्थात् करिब १७ लाख रुपैयाँ बराबरको कर तिर्न बाँकी रहेको छ ।

यो परिमाणको कर तिर्न बाँकी भएका व्यक्तिको परिचय पत्र, बैंक खाता नम्बर तथा पासपोर्टको विस्तृत विवरणलाई कर प्राधिकरणले आफ्नो कालोसूचीको डेटाबेसमा राखिदिने छ ।

उक्त डेटाबेसलाई पुलिस, बैंक, इमिग्रेसन, पासपोर्ट, एयरपोर्ट र सामुद्रिक बन्दरगाहा जस्ता विभागसँग साझा गरिने छ । यी सबै विभागले कर तिर्न बाँकी भएका मानिसहरुमाथि निगरानी राख्ने छन् । त्यस्ता व्यक्तिलाई देश छोड्ने अनुमती पनि दिइने छैन ।

नयाँ कानुनका अनुसार यदि कोही विदेशी नागरिकले आफ्नो कारोबार वा नोकरीको सिलसिलामा चीनमा १८३ दिनभन्दा बढी बस्छ भने उसको पुरै कमाई करको दायरामा हुनेछ ।

यद्यपि यो प्रावधानप्रति अमेरिका र हङकङले भने बिरोध जनाएका छन् । यसका अतिरिक्त विदेशमा काम गरिरहेका चिनियाँ नागरिकले पनि अब चीनमा आय कर तिर्नुपर्ने भएको छ ।

चीनको जनसंख्या १३८ करोड रहेको छ । तीमध्ये मध्ये २.८ करोड मानिसले मात्रै कर तिर्दै आएका छन् । अब कर विभागले सरकारी आय बढाउनका लागि करको दर बढाउनुको सट्टा कर संकलन बढाउनेमा बढी जोड दिइरहेको बताइएको छ । एजेन्सी




कुमारी बैंकको वित्तीय विवरणमा देखियो नाफा वृद्धिदर ४५ हजार ८२९ प्रतिशत, कारण यस्तो

Aug 07, 2025 07:31 AM

कुमारी बैंक लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण प्रकाशित गरेको छ। विवरण अनुसार बैंकको खुद नाफा अघिल्लो आर्थिक वर्षको सोही अवधिको तुलनामा ४५ हजार ८२९ प्रतिशत बढेको देखिएको छ।